धरान  / इमोर्टल्स क्लबको आयोजनामा आयोजित अन्डर १९ थ्री वाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधी आयोजक इमोर्टल क्लवले हात पारेको छ ।  बिजेता बनेका इमोर्टल क्लबले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता मिराकल क्लबले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका उदयिमान खेलाडी इमोर्टल क्लबका सितम लिम्बू र उत्कृष्ट खेलाडी इमोर्टल क्लबकै पारुहाङ लिम्बू घोषित हुनुभयो । उहाँहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो । धरान १६ स्थित धरान रंगशाला इम्डोर बास्केटबल कोर्टमा शनिबार आयोजना गरिएको एक दिने प्रतोयोगितामा मौसमको कारण फाइनल खेल हुन नसके पछि आइतबार सारिएको थियो ।  प्राबिधिक कारणले मिराकल क्लबले आइतबार फाइनल खेल खेल्न नसके पछि इमोर्टल क्लबलाई बिजयी घोषित गरिएको आयोजकले जनाएको छ ।  

  प्रतियोगितामा धरानभरिका २१ टिमले सहभागिता जनाएको थियो । सेमिफाइनलमा इमोर्टलले ब्रदस क्लबलाइ १३-१२ र मिराकल क्लबले होलिल्याण्ड स्कुललाइ ९-४ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रबेश गरेका थिए । 

प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाइ कोशी प्रदेश मुख्य बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई र इमोर्टल क्लबका अध्यक्ष रोशन राइले आइतबार पुरस्कार बितरण गर्नु भयो ।