धरान / तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा सियोन स्कुल र प्रभात इङ्गिलस वोड्रिङ्ग स्कुल फाइनलमा भिड्ने भएका छन ।

आइतवार वर्षाको कारण धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्गिलस वोड्रिङ्ग स्कुललाई र दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्लि पव्लिक स्कुललाई २६–२० अंकको अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका थिए । पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७–४, ८–२, ७–८ र १०–३ अंक जोडेका थिए । यसैगरि दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुल र दिल्लि पव्लिक स्कुले प्रत्येक क्वाटरमा ३–७, १०–०, ७–६ र ६– अंक जोडेका थिए ।

   प्रतियोगिताका उपाधि विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजित  प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको छ ।        समापन कार्यक्रममा कोशि प्रदेशका सामाजिक विकाश मन्त्री पाचकर्ण राईले उपस्थित जनाउने भएका छन । उनि कार्यक्रमको प्रमूख अतिथिको रुपमा उपस्थित हुन लागेका हुन । फाइनल खेल संगै उनलाई विद्यालय व्यवस्थापन समितिले विद्यालय परिसर अवलोकन गराउने कार्यक्रम रहेको छ । फाइनल पुगेका प्रभात स्कुल र सियोन स्कुलले उपाधिका लागि सोमवार आयोजक डिपो स्कुलको बास्केटवल कोर्टमा प्रतिश्पर्धा गर्नेछ ।