धरान / धरान १३ स्थित सन्जिवनी केन्द्रले आगामी असोज पहिलो साता धरानमा तीन दिने तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सन्जिवनी फुटसल प्रतियोगिता गर्ने भएको छ ।

 यही असोज ३, ४ र ५ गते प्रतियोगिता आयोजना गर्ने आयोजकले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । दुर्व्यसनीमा फसेका तथा छुटेका युवहरुलाई सामाजिकीकरण गर्न साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउदै आएको अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिनुभएको छ । प्रतियोगितामा रिकभरीहरुको मात्रै सहभागीता जनाउन पाउने छन् । 

प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जानकारी दिइए छ। यो बर्ष महिलाहरुको पनि सहभागीता हुने छ । भेट्रान टिममा ४० बर्ष पुगेका २ जना र बाकी खेलाडी खेलाडी ४२ बर्ष माथिका हुनुपर्ने आयोजकले जनाएको छ ।  प्रतियोगितामा धरान, पोखरा, काठमाडौ,  चितवन, झापा, मोरङसङ्गै भुटान, सिलगुडी, सिक्किम, दार्जीलिङ, ग्यान्टोकबाट पनि टिमहरु सहभागी हुने अध्यक्ष ताम्राकारले जानकारी दिनुभएको छ । 

प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेताले पुरस्कर नगद २ लाख, उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले जानकारी दिएको छ । यस्तै, भेट्रानतर्फ प्रथम पुरस्कर नगद ५० हजार, दोस्रो पुरस्कर ३० हजार र तेस्रो २० हजार पुरस्कर पाउने अध्यक्ष ताम्राकारले बताए । महिला तर्फ प्रथम पुरस्कर २० हजार र दोस्रोलाई १० हजार दिइने छ ।

संजिवनी केन्द्र युवाहरुलाई लागु औषध दुर्व्यसनीवाट मुक्त गराउन तथा परामर्शका दिदैं आएको छ । खेलको माध्यमबाट युवाहरुलाई कुलतबाट सचेत गराउन प्रतियोगिता गराउन लागिएको आयोजकले जनाएको छ । २०६५ सालमा स्थापना भएको यस संस्थाले  हाल सम्म धरान, पोखरा, काठमाण्डौ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनीमा फसेका दुईहजार भन्दा वढि युवाहरुलाई परामर्श तथा सेवा (उपचार) दिइसकेको छ ।