धरान  / ‘गाउँमा बाटो (विकास( आएपछि समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा कस्तो प्रभाव पर्छ ?’ भन्ने प्रश्नमाथि केन्द्रित चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गते देशभर प्रदर्शन भइरहेको छ । विशेष गरेर कोशी प्रदेशमा यो चलचित्र धेरैले हेरिरहेका छन् । चलचित्रमा भोजपुरको ग्रामिण बस्तीको कथा प्रस्तुत गरिएकाले विशेष गरेर भोजपुरेको बढी बसोवास भएको क्षेत्र सुनसरीमा यो चलचित्रको लोकप्रियता उचाईमा छ । शनिवार विहानको शोमा धरानको फ्रेन्डस् सिनेमा हल हाउसफुल थियो । भोजपुर - सुनसरी सेवा समाजको अगुवाइमा विहान गाउँ आएको वाटो दर्शकहरुले हेरे । सुनसरी क्षेत्र न. १(२)का सांसद विजयकुमार राईले पनि चलचित्र हेर्नु भएको थियो । पहाडी बस्ती बढि भएको मुलुकमा गाउँको अवस्था चलचित्रले छर्लङ बनाइदिएकाले त्यहाँको समस्या समाधान गर्न राज्यका तीनै तहलाई चलचित्रले ध्यानाकर्षण गराएको सांसद राईले चलचित्र हेरिसके पछि प्रतिक्रिया दिनु भएको छ । 

राई समुदायको संस्कार र संस्कृतिलाई समेटेर नवीन सुब्बाको निर्देशनमा बनाइएको यो चलचित्र विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरु (टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिवल, बुसान फिल्म फेस्टिवल)मा प्रिमियर शो भइसकेको छ।

नेपालमा प्रदर्शन अगावै विश्वचलचित्र बजारमा चर्चामा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ फिल्मका निर्माता आमोद राई रहनéएको छ । 

‘गाउँ आएको बाटो’ कस्तो चलचित्र हो ?

यो राई समुदायको पृष्ठभूमिमा आधारित नेपाली चलचित्र हो। दयाहाङ राई, पशुपति राई र प्रसन राईको बेजोड अभिनय छ । यो चलचित्र विश्वको प्रतिष्ठित फिल्म फेस्टिवलहरुमा पुगेको छ। जस्तैस् टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा वर्ल्ड प्रिमियर भएको छ। त्यसैगरी बुसान इन्टरनेसनल फिल्म फेस्टिवलमा एसियन प्रिमियर र साओ पाओलो इन्टरनेसल फिल्म फेस्टिवल ब्राजिलमा साउथ अमेरिकन प्रिमियर भएको छ। कोटेवर्ग इन्टरनेसनल फिल्म फेस्टिवल स्विडेनमा युरोपियन प्रिमियर भएको छ। बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिवलमा पनि चाइनिज प्रिमियर भएको छ।

फिल्मको कथावस्तु 

फिल्मको कथावस्तु राई पृष्ठभूमिमा आधारित छ। यसमा पहाडी परिवेसमा बाउ छोराबीचको कथा उधिनिएको छ । गाउँमा बाटो आएपछि संस्कार, संस्कृति र अर्थतन्त्रमा कस्तो असर गर्छ भन्ने कथा यसमा छ। यो फिल्म पूर्वको भोजपुर (जहाँ राई वान्तवा समुदाय छ)मा सुटिङ गरिएको छ । 

दयाहाङ यो फिल्ममा बाँसको काम गर्ने पात्रका रुपमा उभिनुभएको छ। बाँस काट्नेदेखि चोया बनाउने। त्यहाँको समुदायसँग इन्भल्ब हुने काम भएको छ । तर चोयाको चित्रालाई विस्थापित गर्न शहरबाट त्रिपाल आए पछि उहाँले पेसा छाडेर लोकल रक्सी बनाउने काम गरेको चलचित्रमा देखाइएको छ । अझ चोयाका सामाग्रीका स्थानमा प्लाष्टिकका सामानले बजार लिए पछि उनी आफ्नो पेसाबाट विरक्तिएको कथा यसमा पाउन सकिन्छ । छोरोको टिभी हेर्ने सपना उनले पुरा गर्न नपाई छोरा गुमाए पछि उनले गाउँ छाडेको कथाबाट चलचित्र समाप्ति गरिएको छ ।