धरान /  धरान बास्केटवल संघको आयोजना तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ इमोर्टल क्लवले चुमेको छ ।
इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा शुक्रवार संपन्न फाइनल खेलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९–३१ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन । पहिलो क्वाटरमा ५–५ वरावर अंक जोडेका आइएसए र धरान मेघाले दोस्रो क्वाटरमा ११–१३ अंक जोड्दै पहिलो हाफमा मेघा कलेज १८–१६ अंकले अग्रता लिएका थिए ।

दोस्रो हाफको खेल सुरु भएपछि आइएस नेपालले आफ्नो खेललाई सुधार्दै तेस्रो क्वाटरमा १२–४ र चौथो क्वाटरमा ११–९ अंकको अग्रता वनाउदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । आइएसए नेपालले उपाधि संगै नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । टिमलाई उपाधि दिलाउन प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका सन्ध्या डंगोल प्रतीयोगिताको उत्कृष्ट खेलाडि पुरस्कार एमभिपि उपाधि विजेता घोषित भए । उनले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । डंगोलले फाइनल खेलमा व्यक्तिगत २१ अंक जोडेका थिए । उपविजेता धरान मेघा कलेजले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरि पुरुष तर्फको खेलमा इमोर्टल क्लवले यलम्वर क्लवलाई ७५–५६ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमे । सहज जित निकाल्न सफ इमोर्टलले प्रत्येक क्वाटरमा यलम्वर विरुद्ध १५–१२, २१–११, २१–१५ र अन्तिम क्वाटरमा १८–१८ अंक जोडेका थिए । इमोर्टलले उपाधि संगै नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । इमोर्टल वाट उत्कृष्ट प्रदर्शन गरेका अभिशेक डंगोल प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपि उपाधि विजेता घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उपविजेता वनेका यलम्वरले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको राइजिङ्ग प्लेयर महिला तर्फ इमोर्टल क्लवका सुनिता राई र पुरुष तर्फ सविन राई घोषित भए । सुनिता राईले नगद २ हजार ५ सय, र सविन राईले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल अघि तोस्रो प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन संपन्न भएको थियो । थी्र पोइन्ट च्याम्पियन उपाधि महिला तर्फ धरान मेघा कलेजका सितल तामाङ्ग र पुरुष तर्फ यलम्वर क्लवका दिवसराईले जिते । उनीहरुले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, सभाध्यक्ष धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष विवेक राई, एकिकृत समाजवादि धरान उपमहानगर अध्यक्ष रेवतिरमन राई, अल्फाविटा कन्सलटेन्टका डाइरेक्टर सन्जिव वान्तावा लगायतले वितरण गरेका थिए । प्रतियोगिताको सम्पुर्ण खेल इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा संपन्न भएको थियो । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल सघको रहेको थियो ।
तस्विरः विशेष गुरुङ
IMG-20240517-WA0046