धरान । प्रथम पानबारी गोल्डकप २०८१ को उद्घाटन खेलमा   बुल्स ११ इटहरीलाई पराजित गरि केएफसी केराबारी विजयी भएको छ । केएफसीले बुल्स ११ लाई ५(४ गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका उद्योग वाणिज्य सहकारी तथा कृषिमन्त्री राम कुमार खत्रीले शनिबार गर्नु भएको थियो । 

कार्यक्रम स्थलमा प्रमुख अतिथीलाई नौमती बाजा र विभिन्न जातीय झाँकी प्रदर्शनसहित स्वागत गरिएको थियो ।

आजको खेल सीसीडिआइसी धनकुटा र योङ ब्वाइज क्लब इटहरी वीच हुने पानबारी फुटबल क्लबका अध्यक्ष भुपाल(कृष्ण) कुमार राईले जानकारी दिनु भएको छ । 

प्रतियोगिता जेठ ९ गते समापन हुने छ । प्रतियोगिता ८ वटा टिमहरु सहभागी छन् । प्रतियोगितामा आयोजक पानबारी फुटबल क्लब, केफसी मोरङ, बुल्स ११ इटहरी, योङ व्याइज तहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लबसहित आरआइएफसी काठमाण्डौले प्रतियोगितामा भाग लिएका हुन । 

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि प्रमाण पत्र र मेडल, दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लवका सह सचिव सुरेन मुदेलले जानकारी दिनुभयो । स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरेर फुटबल खेललाई व्यवसायिककरण गर्दै जाने भरखरै दर्ता भएको क्लबले लक्ष्य लिएको छ ।