धरान /  धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता यही बैशाख २९ गतेदेखि हुने भएको छ ।

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृतm प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

थ्री पोइन्ट कम्पिटिसन हुने

प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडिहरुको हौसला वढाउन पूर्व बास्केटवल खेलाडि तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थ्री पोइन्ट कम्पिटिसन हुन लागेको हो । थ्री पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।

      प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न हुनेछ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउने छ । प्रतियेगितामा  धरान २ स्थित अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्ट मूख्य प्रायोजकको रुपमा रहेको छ । 

       सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा विटाको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० न। वडाका वडाध्यक्ष विवेक राई, अल्फा विटाका प्रोपराइटर सन्जिव वान्तावा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुव्वालगायतको उपस्थिति रहेको थियो ।