विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २–१  गोलले पराजित गरी सिक्कम एनआरटी सेमिफाइनलमा पुगेको हो । 

जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी काठमाण्डौं र साथर्न समिति एफसि कोलकत्ताको बिजेता टिमसँग खेल्नेछ । 

जितको लागि सिक्कमका ह्यारिसन र आर्दश तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्तवना गोल फर्काए । 

एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशीरले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रमक खेल पस्कियो । ५९ औ मिनेटमा सिक्किमका ह्यारीसनले गोल गरी खेल बराबरीमा ल्याए ।  लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे । 

निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो । निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औं मिनेटमा सिक्किमका आर्दश तामाङले विजय गोल गरे । सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए । आर्दशले प्रहार गरेको फ्रिकीक बलले जाली चुमेको थियो । टिमको जितमा सिक्किमका आर्दश खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढी गरेको पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए ।

एनआरटीका  रिचार्डले खेल सुरु भएको ७ औं मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए । त्यसलगतै सिसिर लेखीले प्रहार बाहिरयो । २१ औ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए ।  

२९ औ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बल बारमाथिबाट फालिदिए । 

पहिलो हाफको अतिरिक्त  समयको एक मिनेटमा मध्यभाग बाट बललाई वान भर्सेस वानमा लगेर एनआरटीका आफिज ओलावाको डिबक्स नजिकबाट गरेको  प्रहार  सिक्किमको किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए ।  खेलको अत्यमा शिसिरले डिबिक्स भित्रबाट गरेको प्रहार बाहिरदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए । 

हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरुबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए । ‘आइतबार दुई जना खेलाडी काठमाण्डौ जानुपर्ने बाध्यता पनि भयो । दुई खेलाडी नभएको कारणले पनि हार भयो,’ उनले भने । 

जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरुले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेकारले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए । 

सोमबारको खेल इटहरी गोल्डकपको बिजेता चर्च व्वाईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।