धरान /  मोफलसको लोकप्रिय प्रतियोगिता धरानको बुढासुब्बा गोल्डकप शनिबारबाट २४ औं सँस्करण सुरु भएको छ । उद्घाटनमा निमन्त्रणा गरिएका प्रमुख अतिथि मेयर हर्क साम्पाङ नआए पछि विशिष्ठ अतिथिले प्रतियोगिता उद्घाटन गर्नु भएको छ । बिशिष्ट अतिथिकारुपमा निम्त्याइएका एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले नै रेफ्रीलाई वल हस्तान्तरण गरेर र गोल्डकपको बेलुन उडाएर खेलको उद्घाटन गर्नु भयो । 

‘हामी सबैले मानेको सरकार, आशा गरेको स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर या उपमेयर यत्रो ठूलो कार्यक्रममा आउनुहुन्न । यत्रो ठुलो महाकुम्भको प्रतियोगिता भइरहेको छ, तर खै उहाँको उपस्थिति । किशोर राईले भन्नुभयो, बजेट पनि हात्तिको मुखमा जिरा जस्तो छुट्याएको छ । कुरा ठुलो ठुलो तर काम जिरो भइरहेको छ ।’

उद्घाटन समारोहमा उपप्रमुख आइन्द्रविक्रम बेघा भने उद्घाटन भए पछि पुग्नु भएको थियो । उहाँ पानवारी महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भएर प्रतियोगितामा पुग्दा ढिला पुग्नु भएको थियो । आयोजकले अतिथि आसन ग्रहण नगराए पछि उहाँ केही समय बसेर बाहिरिनु भएको थियो । 

उद्घाटन खेलमा आयोजक विजयी

धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १० ९ गोलअन्तरले हराउदै विषयी सुरुवात गरेको छ ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि समय अभावको कारण सिधै खेल टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा पहिलो ५र५ जना खेलाडीले प्रहार गर्दा पनि बराबरी ४र४ गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । 

खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ घोषित हुुन भयो । आइतबारको खेल न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लब बिच हुने आयोजकले जनाएको छ ।