धरान / अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यही फागुन २८ देखि  २ दिन महिला उद्यमीका उत्पादन बिक्री र प्रदर्शनीका लागि मार्केट मार्च हुने भएको छ । झुमा फिटनेस सेन्टर धरान १९ ले मार्केट मार्च गर्न लागेको हो । 

महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले गर्न लागिको मार्चमा महिला उद्यमीका ३० स्टल रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 

हेण्डिक्राफ्टका सामग्री, घर सजावटका समान, बुटिक तथा दैनिक प्रयोग हुने कपडाहरु, लोकल तथा पहाडी भेगका खाद्यन्नहरु, अर्गानिक तरकारी र फलफूल, नर्सरी, उनीका कपडा, विभिन्न प्रकारका अचारहरु, जातीय परिकारहरुलागायत महिला उद्यमीका उत्पादन स्टलमा राखिनेछ ।

महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सके स्वतः आत्माविश्वास प्राप्त गर्न सक्छन् भन्ने मान्यताअनुरुप झुनास फिटनेसले विगत ३ वर्ष देखि एकल प्रयासमा महिला दिदीबहिनीहरुले उत्पादन गरको वस्तुहरुलाई प्रर्दशनी र बिक्रीका लागि अवसर प्रदान गर्दै आएको संचालक झुना राईले जानकारी दिनु भयो ।

उद्यमी महिलाहरुका लागि एक अवसर प्रदान गर्ने, उत्पादन र उपभोक्ताबीच सिधै सम्पर्क हुँदा वस्तुहरु सुलभ र सस्तोमा प्राप्त गर्न सक्ने र  हरेक वर्ष नयाँ महिला उद्यमीहरुको पहिचान गरी वस्तुहरुको बजारीकरण गर्न सहज होस भनेर मार्च आयोजना गरिएको आयोजकले जनाएको छ । मार्चमा साँझ स्थानीय कलाकरले साङ्गीतिक प्रस्तुति समेत दिने कार्यक्रम रहेको छ ।