धरान । भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरिय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले हात पार्नु भएकाे छ ।
धरान १३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा शनिवार सम्पन प्रतियोगिताको फाइनल चरणमा तीन जना प्रतिश्पर्धिलाई पछि पार्दै फोम्वोले उपाधि हात पार्नु भएकाे हाे। फोम्वो ६० तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उहाँले उपाधिसंगै नगद पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नु  भयाे ।दोस्रो उपाधि एनि टाइम फिटनेसका उमेश राई घोषित हुनु भयाे।  उहाँले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयाे ।

यसै गरि ५५ केजि तौल समुह वाट विजेता हुदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यामशालाका अनुप लिम्वु तेस्रो र ६५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेसका सागर लिम्वु चौथो हुनु भयाे । 
       प्रतियोगिताको व्याक्तिगत उपाधि तर्फ वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लवका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेसले जित्नु भएकाे छ । भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा संपन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगदरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १६ नं वडा अध्यक्ष मुरारि भट्टराई, १ न.वडाध्यक्ष यज्ञमनि आचार्य, १० न. वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ, सनुसरी अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नु भयाे। प्रतियोगितामा मुख्य निर्णायकको रुपमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, इश्वरलाल उदास, नवनित प्रधान र सीता राई श्रेष्ठ रहनु भएकाे थियो ।
कार्यक्रममा पत्रकारीता मार्फत धरानको खेलकुद विकाशमा योगदान पुर्याए वापत नेपाल फोटो पत्रकार महासंघ सुसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई आयोजक भिजन फिटनसले सम्मान गरेको छ । उहाँलाई भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले खादा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।