धरान / धोकाबाज फेम्ड गायिका एलिना चौहानले आज धरान एक्सपोमा आफ्नो प्रस्तुति दिनुहुने आयोजकले जनाएको छ । 

सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पोको सातौं दिन एलिना आउन लाग्नुभएको हो । छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका चौहानका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् ।

एक्स्पोमा एलिनासँगै स्थानीय कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गर्नेछन् । रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छ । एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले जानकारी दिए । 

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन रहेको आयोजकले जनाएको छ ।