धरान  /  धरान बास्केटवल टिम र व्रिटिस गोर्खा सैनिक २३ प्यारासुट इन्जिनियर रेजिमेन्ट विच आइतवार मैत्रिपुर्ण बास्केटवल खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण खेलमा धरान बास्केटवल टिमले व्रिटिस गोर्खा टिमलाई ६६–२९ अंकले पराजित गर्दै विजयी वनेको छ । 

        व्रिटिस गोर्खा सैनिक परिवारको बाक्लो वसोवास रहेको धरानसँग आपसी भाइचारा अभिवृद्धि गर्नको लागि मैत्रिपुर्ण खेलको आयोजना गरिएको थियो । मैत्रीपूूर्ण खेलकै लागि वेलायतवाट धरान आएको २३ प्यारासुट टिमका कप्तान क्याप्टेन नविन राईले बताउनु भयो ।

धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविणको सभाध्यक्षमा सम्पन्न मैत्रिपूर्ण खेलमा धरान १८ वडा कार्यलयले धरान बास्केटवल टिम र गोर्खा सैनिक टिमलाई सहभागिता जनाएकोमा खुशी व्यक्त गर्नु भयो । यसैगरि धरान रन मार्फत स्वस्थ्य धरान र स्वच्छ धरान अभियान सफलतापुर्वक निरन्तर अभियान चलाईरहनु भएका प्रोफेसनल म्याराथुन धावक धरान रनका संस्थापक सन्तोष राईलाई सम्मान समेत गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथी डिपो स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्या. अम्वर वहादुर लिम्वु रहनु भएको थियो । कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल यातायात स्वतन्त्र मजदुर सगठन केन्दिय अध्यक्ष भिमज्वाला राई, डिपो स्कुल प्रमुख राजकुमार राईलगायतको उपस्थिति रहेको थियो । सोहि दिन धरान रनमा जनप्रतिनिधिको तर्फवाट विजेता भएका धरान १० न. वडाका वडाध्यक्ष विवेक राईलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिका पुर्व मेयर तिलक राई, डिपो स्कुल सार्वजनिक गुठि संस्थाका अध्यक्ष भिमराज लिम्वु, व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वु, सुनसरी फुटवल संघ अध्यक्ष नविन राईलगायतको उपस्थिति रहेको थियो ।