धरान  ।।शुक्रबारदेखि सुरू हुने धरान एक्सपोको सम्पूर्ण तयारी पूरा भएकाे आयाेजक सुनसरी उद्याेग बाणिज्य संघले जनाएकाे छ।

मेलाकाे मुख्य आकर्षणका रुपमा जिपलाइन रहने बताइएको छ। उद्योग व्यवसायलाई प्रर्वधन गर्ने र धरानका  सानाठूला उद्योग व्यवसायको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु हुने एक्स्पोमा  आगन्तुकलाई एडभेन्चर र मनोरञ्जन प्रदान गर्न जिपलाइनसमेत राखिएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनु भयाे ।

प्रथम उपाध्यक्ष गाेपाल श्रेष्ठका अनुसार एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी जम्मा १ सय ५० स्टल  रहेनछन्। बङ्लादेशबाट रेडिमेट सामग्री र पाकिस्तानबाट छालाका सामग्री लगायत कोशी प्रदेश भरिका उत्पादन र व्यवसायीले आफ्नो उत्पादनको प्रवर्धनका लागि स्टल राख्ने छन्। 

धरान एक्सपोमा धरान र आसपासका रैथाने उत्पादनको प्रचार र प्रवर्धन गरी  धरानमा उत्पादन हुने वस्तुहरुलाई धरानको कोसेलीका रुपमा बिक्री गरिने उहाँले जानकारी दिनु भयाे ।