धरान / नेपालकै सबै भन्दा धेरै धावकहरुको सहभागिता हुनेएक मात्र ठूलो खेलकुद उत्सव १२ औं नेवा च्यारिटी रन प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । 

प्रतियोगिता यहि शनिबार फागुन १२ गते धरानमा हुदैंछ । आज आयोजकले पत्रकार सम्मेलन गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । प्रतियोगितामा ३ हजार ६ सय भन्दा बढीले दौडने धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिनु भयो ।  

भानुचोकबाट बिहान ठीक  ७ः३० बजे सुरु हुने छ । यस वर्षको रुट  पुतली लाइनदेखि सुरु गरी पुरानो बजार पिण्डेश्वर मन्दिर विजयपुर चोक हात्तीसार क्याम्पस रेडक्रस भवन देशीलाइन अमरहाट कभर्ड हल  जिरो प्वाइन्ट चोक जानकी चोक मंगलबारे रत्न चोक बुद्ध चोक धरान रंगशाला गणेशमान चोक पानी टंकी कल्याण चोक दुर्गा चोक हुँदै पुतली लाइन हुँदै पुनः भानुचोकसम्म रहेको छ ।

स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिने छ । जसका विजेता महिला पुरुष दुवै विधामा प्रथम, दोस्रो, तेस्रो हुनेले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । १२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

४० वर्षमाथिका भेट्रान विधामा दौडने स्पर्धीले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै धरानका स्थानीय धावकधाविकालाई प्रोत्साहन स्वरुप आकर्षक पुरस्कार दिइने आयोजकको योजना छ । धरान रन मा सहभागी सबैले टिसर्ट प्राप्त गर्नेछन् भने सबैलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यस वर्षसमेत समाजमा योगदान पुर्याउने व्यक्तिलाई धरान रनले सम्मान गर्नेछ । जनप्रतिनिधीहरको पनि छुट्टै प्रतिस्पधाृको व्यवस्थापन गरिएको छ । 

रनमा राष्ट्रिय खेलाडीसँगै भारतको सिक्किम, जार्जिलिङ, हङकङ, युके, सिङ्गापुरलगायत देशका धावकह्ररुले सहभागिता जनाउने छन् । टाडाबाट आउने धावकहरु नेपाल आइपुगेको आयोजकले जनाएको छ । यस पटकको प्ररुतियोगितामा समय थाहा पाउन धावकहरुलाई चिप प्रयोगको व्यवस्था गरिएको छ । 

चिप लगाउने तरिका

सबै धावक धाविकाले आफुले दौड गरेको Timing Result थाहा पाउन Timing Chip आफ्नो shoe-lace मा बाधेर कुद्नु पर्ने हुने छ ! आफुले प्राप्त उक्त चिप सुरक्षित रुपमा जुत्ताको तुनामा कसिलोसग बाधेर दौड गर्न हुन अनुरोध छ ! चिप हराएमा, चिप लगाउन बिर्सिएमा वा Damage भएमा धावकधाविकाहरु आफ्नो timing reuslt बाट बन्चित हुने जानकारी गर्दछौ !
सबै धावक धाविकाले आफुले दौड गरेको Timing Result थाहा पाउन Timing Chip आफ्नो shoe-laceमा बाधेर कुद्नु पर्ने छ । आफुले प्राप्त उक्त चिप सुरक्षित रुपमा जुत्ताको तुनामा कसिलोसँग बाधेर दौडन् पर्ने छ । चिप हराएमा, चिप लगाउन बिर्सिएमा वा Damage भएमा धावकधाविकाहरु आफ्नो timing reuslt बाट बन्चित हुने हुने अध्यक्ष राईले जानकारी दिनु भएको छ ।