धरान  / डिपोट स्कुलका पूर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा आयोजित दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा १४ टिमले सहभागिता जनाउने भएका छन् । 

      डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा फागुन ४ गते देखि सुरु हुन लागेको प्रतियोगिताको उद्धघाटनमा कार्मेल हाइ स्कुल र आइडियल स्कुलले प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको खेल तालिका धरान वडा १८ वडाध्यक्ष एवं पुर्व डिपो विद्यार्थी संगठन अध्यक्ष प्रविण राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, डिपो क्याम्पस प्रमूख राजकुमार राई, बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राईलगायत सहभागि विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा वुधवार सार्वजनिक गरिएको छ । 

उद्धघाटनको दिन चार खेल सम्पन्न हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो । सुनाखरी स्कुल र सत्यशिसु, समिट स्कुल र पदम मेमोरियल र ज्ञानोदय स्कुल र प्रभात स्कुल विच उद्घाटन खेल पछि प्रतिस्पर्धा हुने छ । 

प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछ ।

       डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुने आयोजकले जनाएको छ ।