धरान / मिराकल बास्केटवल क्लवको आयोजनामा आयोजित दोस्रो मिराकल थ्री वाइ थ्रीे बास्केटवल च्याम्पियनसिपको उपाधि व्रर्दस क्लव ए टिमले जितेको छ ।

शनिवार सम्पन्न च्याम्पियनसिपको पहिलो र दोस्रो दुवै उपाधि माथि व्रदस ए र व्रदस वि टिमले कव्जा जमाएका हुन । दुवै टिम फाइनल पुगेका व्रदस एले व्रदस वि टिमलाई फाइनलमा १५–११ अंकको अन्तरले पराजित गर्दै ए टिमले उपाधि आफ्नो वनाएका हुन । व्रदस ए टिमले उपाधि संगै नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि उपविजेता व्रदस वि टिमले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपिको उपाधि व्रदश ए टिमका सर्वोधन राई घोषित हुनुभएको छ । 

विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाल बास्केटवल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, मिराकल बास्केटवल क्लव अध्यक्ष योक राईले पुरस्कार वितरण गर्नु भयो । 

     धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा सम्पन्न प्रतियोगितामा धरान, विर्तामोड र तराहरा गरि २२ टिमले सहभागिता जनाएको थियो ।