धरान  / धरानमा भइरहेको धरान उपमहानगर वडा स्तरिय गोधुली फुटवल प्रतियोगितामा सहभागी १८ नं. वडाको टिमलाई खेदकुद सामाग्री हस्तान्तरण गरिएको छ । 

१८ नं. वडा कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि वडाले खेलाडीहरुलाई सामाग्री हस्तान्तरण गरेको हो । 

वडाध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)का अनुसार खेलाडीहरुलाई २२ थान टयाक सुट, १८ थान जर्सी, १ण् थान वल र १८ थान स्टकिङ हस्तान्तरण गरिएको छ । वडाध्यक्ष राईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कार्यक्रम संयोजक जमुना त्रिखत्री प्रमुख अतिथि रहनु भएको थियो । उहाँले खेलाडीहरुलाई जितको शुभकामना पनि दिनु भयो । वडासचिव धर्मराज पौडेलले वडाले लगातार तीन पटक गोधुलीको उपाधी जितेको बताउँदैं स्वास्थ्य हुन र अनुसासित हुन खेल अनिवार्य भएको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य टंक गुरुङ, वडाका युवा तथा खेलकुद संयोजक दिवान राई, नेपाली काङ्गेसका नेता अजय राईलगायतको उपस्थितिरहेको थियो । कार्यक्रमको संचालन भक्त राईले गर्नु भएको थियो ।