धरान / हिसान सुनसरीको खेलकुद सप्ताहको पहिलो दिन आइतबार इटहरीमा भएको ५ किलोमिटर दौडमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कुल प्रथम भएका छन् ।
दौडमा मेघा कलेजका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेन्डमा पुरा गरेर प्रथम हुनु भएकाे छ। एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुनु भयाे । सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै हुनु भयाे ।
छात्राहरूको दौडमा कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेन्डमा निर्धारित दुरी पार गरी प्रथम हुनु भएकाे छ । धरान मेघा कलेजकी सुभेक्षा राई दोस्रो र सीबी कलेज इटहरीकी तुलसा खड्का तेस्रो हुनु भयाे । राईले निर्धारित दुरी २० मिनेट ४० सेकेन्ड र खड्काले २४ मिनेट १५ सेकेन्डमा पुरा गर्नु भयाे ।
प्रथम हुने धावक धाविकालाई नगद १० हजार, द्वितीयलाई ५ हजार र तेस्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरियो । हिसान स्पोर्टस् मिट २०८० नेपाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ सुनसरीले आयोजना गरेको हो ।
धरान रनको प्राविधिक सहयोगमा आइतबार भएको दौड प्रतियोगीताका विजयी धावक धाविकालाई हिसानका केन्द्रीय सल्लाकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले पुरस्कार प्रदान गर्नु भएकाे थियाे ।
प्रतियोगितामा सुनसरीका हिसान आबद्ध उच्च माविका २५० धावक धाविकाहरू सहभागी रहेको कार्यक्रम संयोजक सुवास लुइँटेलले जानकारी दिनु भयाे ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!