धरान / एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मिस्टर कोशी वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ ।

एलाइनेट जिमको २१ औं प्रस्तुतिको रुपमा पाचौ मि.। कोशी आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरि कुल पाँच तौल समुहका करिव ५० प्रतिस्पर्धीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाचौ मि.कोशीको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी दिनु भयो । प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ३५ हजार, चौथोले नगद २५ र पाचौले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता धरान १३ अमरहाटस्थित सामुदायिक हलमा हुनेछ । गत सालका चौथो मि. कोशीको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले हात पार्नु भएको थियो ।