धरान /  धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा माघ १ मा यले संवत ५०८४ ( यले दोङ) को अवसरमा आयोजित तेस्रो यले दोङ थ्री वाइ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधी धरान मेघा कलेज र ब्रदस बास्केटबल टिमले हात पारेको छ ।

शनिबार भानुचोककाे खुल्ला मैदानमा अस्थायी काेट खडा गरेर गरिएकाे  एक दिवसिय प्रतियोगिताको फाइनल खेलमा महिला तर्फ धरान मेघा कलेजले मिराकल बास्केटबल टिमलाइ ६-४ र पुरुष तर्फ ब्रदस ए टिमले ब्रदस बि टिमलाइ १२-९ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन् । स्ट्रीट बास्केटबलको रुपमा चर्चित यलेदोङ  थ्री वाइ थ्री ओपन प्रतियोगिता  नेपालमा नै पहिलो पटक बजारको मध्य भागमा आयोजित प्रतियोगिता हो । प्रतियोगितामा धरानसङ्गै तरहरा इटहरी, बिराटनगर, बिर्तामोडबाट पुरुष ३० र महिला ९ गरि ३९ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताका बिजेता धरान मेघा र ब्रदस ए टिमले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उपबिजेता मिराकल र ब्रदस बि टिमले नगद ५ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको एमभिपी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी महिला तर्फ धरान मेघाका डा. आशा राई र पुरुष तर्फ ब्रदस ए टिमका सर्बोधन राई घोषित हुनु भयाे ।

उनीहरुले जनही नगद दुई हजार ५ सय,ट्रफी र मेडल प्राप्त गरे । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका अध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, विशेष अतिथि धरान १८ वडाध्यक्ष प्रबिण राई, धरान १६ वडाध्यक्ष मुरारी भट्टराई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, मजदुर नेता एवं अग्रज पत्रकार भिमज्वाला राई, इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी नवराज मल्ल, सुनसरी जिल्ला फुटबल संघ अध्यक्ष नवीन राई, समाजसेवी कृपा राईलगायतले पुरस्कार बितरण गरेका थिए । 

माघ १ गतेलाइ किरात समुदायले नया वर्ष यलम्बर संवतको रुपमा मान्दै आइरहेको छ । माघ १ यलम्बर सम्बत ५०८४ लाई  स्वागत गर्दै किरात नया वर्ष ५०८४ को अवसरमा प्रतियोगिता आयोजना गरेका हुन ।