धरान  / विश्व नेपाली साहित्य महासंघले डा. पारसमणी प्रधानको १२६ औं जन्मजयन्ती विविध कार्यक्रम गरि मनाएको छ । नेपाली साहित्य क्षेत्रमा विविध कार्यक्रम गरि योगदान दिदैं आएको महासंघले टिपन टापन ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त डा. पारसमणीलाई सम्झदै पुस्तक लोकार्पण कार्यक्रम गरिएको छ । 

साहित्यकार लिलामणी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्वा नेपाली साहित्य महासंघले प्रकाशन गरेको तीन भाषाको नेपाली कविताको बान्की पुस्तक लोकार्पण गरिएको हो । 

चर्चित उपन्यास बसाईका लेखक लिलाबहादुर क्षेत्रीले महासंघले उल्लेखनिय काम गरेको बताउनु भयो । महासंघका अध्यक्ष सुरेन्द्र परदेशी लिम्बुले नेपाली साहित्यमा दिएको योगदानको जति चर्चागर्दा पनि कम हुने बताउनु भएको छ । 

माहौल बन्यो भने उमेरले छेक्दो रहेन छ । आफु अझै लेखनमा सक्रिय रहेको उहाँले बताउनु भयो । केही पुस्तक प्रेसमा गएको उहाँले बताउनु भएको छ । ९० बर्षको उमेर यसरी तपाईहरुसँग भलाकुसारी गर्न पाउदा निकै आनन्दित हुने गरेको छु । क्लोम्वियामा डा. माइकलले बसाई उपन्यास अग्रेजीमा छापिएको कुरा सुनाउनु भयो ।  कार्यक्रमको स्वागत  महासंघका संगठन सचिव कल्पना पौडेलले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण महासघकी महासचिव सुनिता राईले गर्नु भएको थियो । 

नेपाली कविताको बान्की तीन भाषामा लोकार्पण महासंघका अध्यक्ष परदेशीले स्कीनमा शेयर गरिएको कृतिको नाम पढेर सार्वजनिक गरिएको थियो । विश्व साहित्य महासंघका पदाधिकारी र अघिल्लो कार्याकालका पदाधिकारीहरुको सिर्जना यो पुस्तकमा समेटिएको अध्यक्ष परदेशीले जानकारी दिनु भयो । यस पुस्तक अग्रेजी, नेपाली र हिन्दी भाषामा लेखिएको बताइएको छ । 

पुस्तक चर्चा गदैं महासंघका बरिष्ठ उपाध्यक्ष लेखनाथ काफ्लेले पुस्तकबारे अवगत गराउनु भएको थियो । पुस्तकमा भएका नेपाली कविताको हरि अधिकारीले अंग्रेजीमा अनुवाद गर्नु भएको थियो । काशी विश्वविद्यालयका डा.दिवाकर प्रधानले डा. पारसमणी प्रधानकाबारेमा संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. भीम खतिवडा, डा. मधु माधुर्य, गोभर्धन पूजा, प्राडा. गोविन्दमान कार्कीृलगायत साहित्यानुरागीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा देश विदेशका श्रष्ठाहरुले बान्की परेका कविता सुनाउनु भएको थियो । कार्यक्रम महासंघका अध्यक्ष सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा भएको थियो ।