धरान  ।  किरात नयाँ वर्ष (यले संवत् ५०८४) को अवसरमा किरात राई यायोखा सुनसरीले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयाेजना गरेकाे छ ।

धरान १५ स्थित विगफुट फुटसलमा आइतबार भएकाे खेलमा चार वटा टिम सहभागी रहेका थिए । टिममा नेकपा (एमाले) धरान उपमहानगर कमिटी, नेपाली कांग्रेस उपमहानगर, माआेवादी केन्द्र र नेपाल पत्रकार महासंघ सुनसरी बीच खेल सम्पन्न भएको थियाे ।  एमालेलाई हराउदै पत्रकार महासंघ फाइनलमा प्रवेश गरेकाे थियाे ।

फाइनलमा माआेवादी केन्द्र र नेपाल पत्रकार महासंघविच भएकाे खेलमा खेलमा ४ विरूद्ध ५ गोल अन्तरले पत्रकार महासंघ विजयी भएकोछ । 

दुवै टिमकाे पाँच पाँच गाेल भए पछि फाईनल खेलको ट्राइब्रेकरमा नेकपा माओवालीलाई पराजित गर्दै पत्रकार महासंघले उपाधी जितेको छ ।

यायाेख्खाका अध्यक्ष राजेन्द्र राई, प्रमुख अतिथि यायाेख्खाका पूर्व केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरका पूर्व मेयर तिलक राईले खेलाडीहरूलाई मायाकाे चिनाे प्रदान गर्नु भएकाे थियाे ।