• भीमज्वाला राई

दैनिक सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने कुरा भनिरहनु पदैन । दैनिकको दुर्घटनाको समाचारले हामीलाई त्राहीमान बनाउदैं आएको छ । यस्ता दुर्घटनाले हाम्रो सडक सुरक्षा कमजोर भएको संकेत गर्दछ । ट्राफिक नियम पालना गर्न सहयोग पुर्‍याउने, सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम गर्ने, पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकको सुरक्षाका सम्बन्धमा काम गर्ने भनेर हामी कहाँ धेरै संघ–संस्था खुलेका छन् । पत्रपत्रिका र सामाजिक सञ्जालमा काफी प्रचार–प्रसार पनि भएको देखिन्छ र पनि हाम्रो देशमा दुर्घटना र मृत्यु हुनेको संख्या रत्तिभर न्युनिकरण नहुनु विडम्बना हो । 

संयुक्त राष्ट्रसंघको सडक सुरक्षा दशक कार्ययोजना तयार गरेर कार्यान्वयन गर्दा पनि दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाउन सकिएको छैन । हिजो दाङमा भएको दुर्घटनामा १२ जनाको ज्यान गएको छ । आखिर यति धेरै दुर्घटना के कारणले हुन्छ र यसका जिम्मेवार को–को हुन् ? यस्ता घटना किन हरेक वर्ष दोहोरिइरहन्छन् ? यसबारे सरोकारवालाहरुले चासो नदेखाउने हो भने दुर्घटना कुनै महामारीले हुने मृत्यु भन्दा झन भयावह हुने छ । 

दुर्घटनाका केही तथ्यहरु 

नेपालमा प्रत्येक दिन ७ देखि ८ जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ । प्रत्येक दिन ४० जना घाइते हुनेगरेका छन् ।  तर, भालुवाङ घटनामा एक निमेष मै १२ जनाले ज्यान गुमाए । २२ जनाभन्दा बढी घाईते भएकाछन् । नेपालमा प्रत्येक वर्ष २८८० जनाको मृत्यु सडक दुर्घटनाबाट हुनेगरेको छ । प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति सडक दुर्घटनामा परेर घाइने हुने गरेको तथ्यले देखाएको छ ।  तर, दैनिकजसो हुनेगरेको सडक दुर्घटना र ज्यान गुमाउनेहरूको समाचार पढ्दा, सुन्दा र भालुवाङको घटनामा ज्यान गुमाउनुहुने नागरिकहरूको तथ्यले वार्षिक ज्यान गुमाउनेहरूको तथ्याङ्कमा नयाँ तथ्य थप्ने संकेत देखिएको छ । यो तथ्य र घटनाहरूले हामी कुनै पनि समय सडक दुर्घटनाको समाचार बन्ने सम्भावना टाडा छैन् । 

अब त चेत खुल्ने बेला भएन  

सडक दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षा सचेतना अभियान चलाउन ढिलाई नगरौं. ।  चालक (सार्वजनिक, निजी, दुइपाङग्रे र अन्य) लाई नियमित सडक सुरक्षा बारे अनुशिक्षण प्रणालीको विकास गर्नु जरुरी भएको छ । सडक दुर्घटनालाई न्युनिकरण अभियानलाई मास लेवलसम्म निरन्तर सञ्चालन गरौँ। सडक सुरक्षा अभियानलाई समुदायस्तर तथा शैक्षिक संस्थामा पाठ्यक्रम  तत्कालका लागि प्रशिक्षण प्रदान गर्नु आजको आवश्यकता भएको छ । ( सडक पूर्वाधारको मापदण्ड चेकजाँच, निरिक्षण र अनुगमन अर्को आवश्यकता हो । असजिलो सडक, पुराना सवारी सडक दुर्घटनाका मुख्य कारणहरु हुन । त्यतातिर पनि राज्यको ध्यान जानु पर्दछ ।  दिर्घकालिन सोँचका साथ सडक सुरक्षा काउन्सिल गठनका लागि अव दवाव सृजना गर्न ढिलाई गर्नु हुदैंन् । 

  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन के गदैंछ 

सडक सुरक्षा, मजदुरहरुको हकहितका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विभिन्न अभियानहरु संचालन गदैं आएको छ । सडकमा, बसपार्कमा, चोकमा यातायात मजदुरहरुलाई, यात्रुहरुलाई,पैदलयात्रीहरुलाई सडक सुरक्षा सचेतना अभियान गरिरहेको छ । 

यि अभियानमा अन्य संघ, संगठनहरूले पनि अभियानमा सहभागी भएर वृहत चेतना जगाउन सके केही हदसम्म नागरिकमा चेतना आउने छ । यातायातसँग सम्बन्धित व्यवसायी प्रालि, महासंघहरू पनि छन् । यि संस्था पनि अभियानमा जुटनु पर्छ ।  ट्राफिक प्रहरी, जनपथ, दल, दल सम्बध्द जनसंगठनहरू र नागरिक तहबाट पनि अभियानमा जुट्न मजदुर संगठनले आव्हान गदैं आएको छ ।