धरान / धरान स्थापनाको १२३ औं पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान उत्सवमा सोमबार पूर्व संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुले अवलोकन गर्नु भएको छ । 

नेकपा एमाले सुनसरी क्षेत्र नं. १ का संयोजक तथा धरान उपमहानगरका पूर्वउपमेयर मीनकुमार सुब्बाको समन्वयमा धरान उत्सवको अवलोकन गरिएको हो । नेकपा एमालेका नेता तथा संविधान सभा सदस्य कृष्णकुमार राई, पूर्व प्रतिनीधि सभा सदस्य जयकुमार राई, कोशी प्रदेश सभाका पूर्व सभामुख प्रदिपकुमार भण्डारी, कोशी प्रदेश सभा सदस्य तथा नेकपा एमाले सुनसरी क्षेत्र नं. १ का इञ्चार्ज विजयकुमार राई, प्रदेश सभा सदस्य एशोदा कायस्थलगायतको सहभागिता रहेको थियो । 

यस्तै मेला अवलोकनमा नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सभा सदस्यहरु, जिल्ला कमिटी तथा नगर कमिटी अध्यक्ष हर्कजंङ एभेङलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । समुहले खानाका स्टल, खेल मनोरञ्जनका साधन, नर्सरी, आर्गानिक कृषी उत्पादनलगायतका स्टलहरु अवलोकन गरेको थियो । 

विशेष खानाका परिकारहरु राखिएको मेलाको भोली मंगलबार पाँचौ दिन समापनको कार्यक्रम रहेको छ । 

mela1

WhatsApp Image 2024-01-08 at 19.52.14_7c9015b2

manita

WhatsApp Image 2024-01-08 at 19.52.34_af795472