धरान / भिजन फिटनेसको आयोजनामा यही फागुन १९ गते पाचौं धरान उपमहानगर स्तरिय जुनियर मिष्टर भिजन च्यापियनसिप २०८० हुने भएको छ ।

भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाचौं जुनियर मि। भिजन वडिविल्डि¨ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले वुधवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । पाचौं जुनियर च्याम्पियनसिपमा पूर्व विजेताहरुले सहभागिता हुन पाउने छैनन् । प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडीहरुले मात्र सहभागिता हुन पाउनेछन् । प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र चौथोले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसै गरि टाइटल विजेताहरुमा वेस्ट पोजर, वेस्ट मस्कुलर, वेस्ट इम्प्रुभमेन्ट र वेस्ट टिमले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा चार तौल समुह ५५, ६०, ६५ र ७० केजि तौल समुह विच प्रतिश्पर्धा हुनेछ । प्रत्येक तौल समुहका विजेताले फाइनल चरणमा उपाधिका लागि प्रतिश्पर्धा गर्नुपर्ने भिजन फिटनेसका संचालक केशव श्रेष्ठले जानकारी दिनु भयो । 

भिजन फिटनेसको पहिलो प्रस्तुतिको रुपमा २०६८ सालमा मि. धरानको आयोजना गरेका थिए । दोस्रो संस्करणदेखि भने भिजन फिटनेसका खेलाडीहरु विच मात्र प्रतिस्पर्धा गराई मि. भिजन च्याम्पियनसिपको सुरुवात गरेका थिए । छैटौ संस्करणमा भने धरान उपमहानगर भरिका खेलाडीहरुले प्रतिस्पर्धामा सहभागिता जनाउन पाइने गरि पाचौ जुनियर मि. भिजन च्याम्पियनसिप गर्न लागिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, फिटनेसका सचिव विनोदकुमार नेपाली, कोषाध्यक्ष सिता राई श्रेष्ठ, सदस्य प्रिया देवानलगायतको उपस्थिति रहेको थियो ।