धरान /  पूर्वको पर्यटकीय  स्थल भेडेटारमा  अङ्ग्रेजी नयाँ बर्षकाे अवसरमा ११ औं फुड फेस्टिवल (खाना उत्सव) आगामी पुस १५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने भएको छ ।

राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहने आयेजकले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

होटल एसोसियसन अफ भेडेटारको आयोजनामा हुने उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको एसोसियसनका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनु भयो । 

कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रमलगायतका आकर्षणसहित आयोजना हुने तीन दिने ुफुड फेस्टिवलुमा यो वर्ष जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत आकर्षणका रुपमा प्रस्तुत उहाँले बताउनु भयो । 

गत २०६८ सालदेखि उत्सवका रुपमा मनाउन सुरु गरिएको खाना उत्सवका कारण होटल पूर्वाधारलगायतमा विकास हुँदै गएको एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनु भएको छ । यो ११ संस्करण हो । 

अध्यक्ष रुम्दालीले भेडेटारको पर्यटनको प्रवर्धनका लागि कोशी किनारस्थित खुवालुङदेखि  ध्वजे डाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथनलगायतका काम गर्ने गाउँपालिकाले लक्ष्य लिएको अध्यक्ष रुम्दालीले जानकारी गराउनु भएको छ । भेडेटार नयाँ बर्षको समयमा अत्याधिक भारतीय पर्यटकहरु आउने गरेका छन् । सो दिन जोगमनीबाट ४(५ सय गाडी भित्रने गरेका छन् ।