धरान / धरानस्थित डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औं ललित अम्वर डिपो कपको उपाधी पुलिस स्कुलले हात पारेको छ । 

शुक्रबार भएको फाइनल खेलमा धरानको पुलिस स्कुलले बराह राइजिङ स्टारलार्इ १(० गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । पुलिस स्कुलका अङ्शु बस्नेतले खेलको दोस्रो आफको ८ मिनट गोल गर्दै टिमलाई अग्रता दिलासँगै निर्धारित समयसम्म दुवै तर्फ कुनै गोल हुन नसके पछि बस्नेतको गोल प्रहरीलाई जित सुनिििश्चत बनायो । 

        बिजेता पुलिस स्कुलले उपाधीसँगै नगद एघार हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता बराह राइजिङले नगद ७ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो हुने देउराली चिल्ड्रेनले नगद ५ हजार १ सय ११ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बराहका शिशिर कार्की, हाइस्कोरर बराहका सुबोध कटुवाल, बेस्ट डिफेम्स पुलिसका रोयल चौधरी र बेस्ट गोलकिपर पुलिसका सन्देश कुस्व घोषित हुनु भयो । यसैगरी फाइनल खेलको म्यान अफ द म्याच पुलिसका अंशु बस्नेत घोषित हुनु भयो । 

यसै गरि दिलबहादुर प्लेट च्याम्पियना कार्मेल स्कुलले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता मर्निङ स्टारले नगद १ हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल ब्यस्वस्थापन समिती अध्यक्ष अम्बर लिम्बू, प्रमुख अतिथी धरान उपमहानगर उपमेयर अइन्द्र बेघा, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, ब्यवस्थापन समिती सदस्य सुर्य पन्धाक लगायतले पुरस्कार बितरण गर्नु भयो । 

     तस्विरः विकास चाम्लिङ राई