धरान / धरानको डिपो स्कुलको आयोजनामा शुक्रवारदेखि सुरु भएको १८ औं ललित अम्वर डिपो कपको दोस्रो दिन शनिवार भएको खेलमा देउराली चिल्ड्रेन एकेडेमी, पुलिस स्कुल र मेरिल्याण्ड स्कुल विजयी भएक छन्।

पहिलो खेलमा देउरालीले मर्निङ स्टार कालाबन्जारलाइ ३१, पुलिस स्कुलले कार्मेललाइ २(० र मेरिल्याण्डले  हिबिकस स्कुललाई १(० गोल अन्तरले पराजित गर्दै अगाडि वढेको छ । पहिलो खेलमा देउराली स्कुलका युसन राई, उज्वल घटानी र यन्जन राइले गोल गर्नु भयो । मर्निङ स्टारको तर्फबाट जीवन बिष्ट्ले गोल गर्नु भयो । दोस्रो खेलमा पुलिसका रोवर्ट नाल्बो र नोयङ राइले गोल गर्नु भयो   यसै गरि तेस्रो खेलमा मेरिल्यान्डका नामसाङ लिम्बुले गोल गर्नु भयो । सोही दिन भएको खेलमा मर्निङ स्टारका आयुस राना मगर, कार्मेलका युजिन गुरुङ र हिबिकसका सृजन खवास म्यान अफ द म्याच घोषित हुनु भयो । उनीहरुलाई डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार रार्इले ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको छ ।  

 भोलिको खेल एक्वा स्कुल र माउन्ट हर्मन, प्रभात र बराह राइजिङ, दिल्ली पब्लिक र बिस्नु मेमोरियल र अन्तिम खेल लर्ड बुद्ध र समिट स्कुल बिच हुनेछ । आयोजकले जनाएको छ । तस्विर: विकास चाम्लिङ राई

 20231202_172010