धरान  / प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीयस्थलको रुपमा परिचित छ । यहाँ बिरामी र मुस्ताङ   घुम्न जानेहरुको भीड बढेको छ । 

जमीनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नशा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास मानिदैं आएको छ । यहाँ स्नान गर्दा कतिपयको रोग निको भए पछि नियमित जाने गरेको पाइएको छ ।

के छ व्यवस्था 

कुण्डको पानीबाट बिरेनूनको गन्ध आउछ । कुण्ड व्यवस्थापन समितिका अनुसार ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी यहाँ आउने गरेका हुन् । कुण्ड क्षेत्रमा साना ठूला तीन कुण्ड छन् । कुण्डमा एक पटकमा पाँच सय जनाले डुबुल्की मार्न सक्छन् । कुण्डमा दैनिक पाँच सयदेखि एक हजार जनासम्मले स्नान गर्दै आएका छन् । खासगरी असोजदेखि चैतसम्म बढी भीड लाग्छ । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । उनका अनुसार हाल दैनिक ५०० भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्ने गरेका छन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढ्छ । उपल्लो मुस्ताङको चार दिनको भ्रमण गरेर फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गर्दा आनन्द महसुस भएकाे धरानका लक्ष्मण कार्कीले बताउनु भयाे ।  यहाँ दुई पोखरी निर्माण गरिएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ ।

बिहान ६ः०० देखि साँझ ८ः०० बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकलाई रु ५० तथा बाह्य पर्यटकलाई रु १५० प्रवेशशूल्क तोकिएको छ । कुण्डबाट हुने आम्दानी तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको पूर्व वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनु भएको छ ।

कसरी पुने 

कुण्डमा पुग्न म्याग्दी सदरमुकाम बेनीबाट करिव २० किलोमिटरको दूरीमा मोटरबाटो हुँदै जान सकिन्छ भने काठमाडौँबाट २९७ किलोमिटर टाढा पर्छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा कालीगण्डकी किनारमा  कुण्डमा स्नान गर्ने आउने बिरामी पहिलो पटक भन्दा पटकपटक आएका अत्याधिक रहेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपाली बाहेक विदेशीले समेत नियमित स्नान गर्न थालेका छन् ।

पछिल्लो समय होटल व्यवसायसमेत फस्टाउन थालेपछि विदेशीले समेत हप्ता दिनसम्म स्नान गरेर फर्किने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।  ‘नियमित आउने विदेशीको सङ्ख्या पनि बढ्न थालेको छ,‘समूहमै आउन थालेका छन्’ स्थानीय होटल व्यवसायी दावा शेर्पाले भन्नु। देश, विदेशका ठूला अस्पतालमा एलोपेथी र आयुर्वेदिक उपचार पद्धतिबाटसमेत रोक निको नभएपछि आजित भएका बिरामीसमेत यहाँ आएर एक सातादेखि १० दिनसम्म तातो पानी कुण्डमा डुबेपछि स्वास्थ्यलाभ गरेर फकिएका अध्यक्ष शाक्यले बताउनु भयो । मुस्ताङ यात्रा पनि यही बाटो भएर जाने गरिन्छ । यात्रामा जानेहरु तातोपानीमा एक रात बसेर जाने गरेको पाइन्छ । 

उपचार  

शरीरभरि फैलिएको घाउ, छाला फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाइते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने बिरामीको अनुभवले पनि कुण्डले धेरै बिरामीको परिवारमा खुशी थपेको छ ।

नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका व्यवस्थापन समितिको भ्रमणको रोजाइँमा परेको म्याग्दीको तातोपानी कुण्ड नेपालकै उत्कृष्ट तातोपानी कुण्ड हो । विभिन्न जिल्लामा न्यून पूर्वाधार, निकै कम सङ्ख्यामा बिरामी पुग्ने गरेको अवस्थामा तातोपानी कुण्डमा भने बाह्रैमहिना बिरामी आउने गरेका छन् ।

कुण्डको व्यवस्थापन, पूर्वाधार, बिरामीको चाप नेपालमै पहिलो र उत्कृष्ट भएको तातोपानी कुण्ड व्यवस्थापन समितिले दाबी गरेको छ । स्थानीयवासीको परिश्रमको परिणाम कुनै समय भैँसी आहाल बस्ने ताल जस्तै तातोपानी कुण्डलाई स्थानीयवासीको मेहनतमा बिरामीको उपचार केन्द्र बनेको छ । 

 घाउ चोटपटक लागेको ठाउँमा पानीमा नून राखेर तातो बनाइ कृतिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको अवस्था छ ।

बिरेनून र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त तरिकाले घण्टौसम्म स्नान गर्न सकिने सुविधा भएकाले बिरामीको आकर्षण बढ्दै गएको छ । एक दिनमा दुई पटक डेढरदुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर २० मिनेटसम्म बलाङकेट, पलाष्ट्रिक आदी न्यानो कपडा ओढेर शरीरबाट खलखल पसिना निकाल्ने गरिएको छ ।

तातोपानी पिउनुलाई स्वास्थ्यद्धक 

तातोपानी पिउनुलाई स्वास्थ्यद्धक मानिएको छ । कुण्डमा नेपालका भिआइपीसमेत पुगेर स्नान गर्ने गरेका छन् । सिङ्गाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीयस्थलको रुपमा परिचित छ । अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, पोखरे बगरको रातोपानी, दोबाको सेकार्कु, रघुगङ्गा गाउँपालिकाको दर्मीजा, धवलागिरि गाउँपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नेपालको पश्चिमाञ्चलको एक गाउँपालिका हो। यो गाउँपालिका अन्नपूर्ण हिमालयको तल बसेको हुनाले यो पर्यटनको एक ठाउँ पनि हो।

 ऐतिहासिक पालिका 

यो गाउँपालिका ऐतिहासिक रुपमा पनि महत्त्वपूर्ण छ। यो गाउँपालिका मध्य एशियाको एक विशाल नगरी थियो जसलाई तिब्बती नाममा थाह पाइन्थ्यो। त्यसपछि यो गाउँपालिका लामा र बुद्धिष्ट संस्कृतिक केन्द्र थियो।

तातोपानी नामक एक बड़ो बाजार यहाँ बसेको हो जसमा भारतीय सामान र तिब्बती सामान विक्री हुन्थ्यो। यो बाजार तिब्बती नाममा थाह पाइन्थ्यो।

यो गाउँपालिका २०७१ वर्षमा गाउँपालिका बनेको हो। यो गाउँपालिकाको क्षेत्रफल ५१३.५४ वर्ग कि.मी. छ। यो गाउँपालिकामा आजकल पर्यटन व्यवसाय र दुध उत्पादन व्यवसाय धेरै विकास भएको छ।