धरान । धरानकाे विजयपुरस्थित हातिसार खेल मैदानमा भइरहेकाे धरान फुड फेस्टिभलमा आज साँज गायक सविन राईकाे प्रस्तुती हुने भएकाे छ ।

सांगितिक क्षेत्रका लाेकप्रिय गायक राईले आफ्ना कर्णप्रिय गीत गाउने छन् । उहाँ धरानका गहना पनि हुन ।

उहाँकाे प्रस्तुतिसँगै स्थानीय कलाकारहरूकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।

 स्थानिय पर्यटन,परिकार कला र व्यापार प्रवर्द्धनको निम्ति धरान फुड फेसटिभल हात्तिसार खेल मैदान धरान १४ एक साता अघिदेखि चलिरहेकाे छ ।