• देवेन्द्र कार्की

धरान / धरानमा पछिल्लो समय स्थानीयमा जीउ चिलाउने, डावर निस्कनेजस्ता एलर्जी हुने समस्याबाट प्राताडित छन् । कतिपयलाई आउ झाडापखालाजस्ता समस्यामा परेको स्थानीयहरुले सामाजिक सञ्जालमा व्यक्त गदैं आएका छन् । धेरैको धरानको खानेपानीमा समस्या भएर स्थानीयमा समस्या आएको अडकलबाजी गदैं सामाजिक सञ्जालमा खानेपानी परीक्षणको माग गदैं आएका थिए । 

धरान उपमहानगरपालिकाको कार्यालय अगाडि ‘स्पेक्ट्रम इन्जिनियरिङ कन्सल्टेन्सी’ सञ्चालन गदैं आएका इन्जीनियर सुमन श्रेष्ठले धरानबासीले पानी पिउँदै आएको पानी ट्यांकी, धारा र स्रोत गरी सात ठाउँको नमूना संकलन गरेर साउन १५ मा खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा दिएको रिर्पोटले धरानको खानेपानी पिउन अयोग्य भएको रिपोर्ट दिएको छ । साउन १६ मा ल्याबले दिएको रिपोर्टअनुसार, खानेपानी बोर्डले जमिनमुनीबाट बोरिङ गरि निकालिएको पानी मात्रा पिउने योग्य भएको साना खोलाहरुबाट ल्याइएको ६ ठाउँको नमूनामा ‘कोलिफार्म’को मात्रा ५ देखि ३५ सम्म भेटिएको छ।

कोलीफार्म भएको पानी पिउन योग्य मानिदैंन् । तर धरानको खानेपानीमा कोलीफार्मको मात्रा देखिएको छ ।  मानिस र जनावारको दिसापिसाबमा पाईने जीवाणुको समूह हो, कोलिफार्म। पानीमा कोलिफर्म भेटिए खान अयोग्य मानिन्छ। राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रति १०० मिलिलिटर शून्य कोलोनी फर्मिङ युनिट(सीएफयु) हुनु पर्ने प्राविधिकले बताएका छन् । 

 श्रेष्ठलाई झाडापखाला, टाउको दुख्ने, जिउचिलाउने जस्ता समस्या आए पछि पानीको परीक्षण गर्न ल्यावमा दिनु भएको थियो । चिने जानेका धेरै जनालाई पनि पेट दुख्ने, जीउ चिलाउने, आँखा पाक्ने, ज्वरो आउने समस्या देखिए पछि उहाँले पिउने पानीमै गडबड भएको संका लागेर परीक्षणका लागि दिनु भएको थियो ।  धरान डेंगीको महामारीले आक्रान्त छ । भाइरल ज्वँरो, आँखा पाक्ने समस्याले पोरोलिएका छन् । धरानका मेयर हर्कराज राई(साम्पाङ)ले केही खोलाहरुबाट कुनै परीक्षण नगरि ट्याङ्कीमा मिसाए पछि धरानको परीक्षण गरिनु पर्ने आवजा उठ्दैं आएको थियो । 

धरानभन्दा बढी फोहोरमैला देखिने इटहरी र विराटनगरमा यस्तो समस्या नहुनु, तर सफा भनिने धरानमा किन बिभिन्न रोग आईरहन्छ भन्ने जिज्ञासा लागेर पानी परीक्षण गराएको उहाँले बताउनु भयो । 

धरान खानेपानी व्यवस्थापन बोर्डले धरान उपमहानगरपालिका वडा नंं १७ र ११ को सीमा क्षेमा पर्ने विष्णुचोकमा स्थापना गरेको पानी ट्यांकीमा दुईवटा स्रोतको पानी मिसाईएको छ।  त्यही ट्यांकीमा कोकाखोलाबाट ल्याएको पानी मिसाइएको छ। कोका खोलाबाट ल्याइएको पानीमा कोलीफर्मको मात्रा ५ पाइएको छ। मेयर साम्पाङको नेतृत्वमा अभियान सञ्चालन गरेर कोका खोलाबाट पानी ल्याइएको हो।

त्यस्तै, बोर्डको सर्दु खोलामा रहेको रिजर्भेसन ट्यांकीको नमूना परिक्षण गर्दा कोलिफर्मको मात्रा १० पाइएको रिर्पोटमा उल्लेख छ ।यस्तै अर्को पानीको श्रोत खर्दु खोलाको पानी ट्यांकीमा कोलिफर्मको मात्रा १५ भेटिएको छ। यसैगरी, निसाने खोलाबाट पानी ल्याएको पानी ट्यांकीमा कोलिफर्मको मात्रा २० भेटिएको छ। ब्रिटिस वेलफेयरको सहयोगमा मेयर साम्पाङको अभियान अन्तर्गत निसाने खोलाबाट पानी ल्याइएको थियो । निसाने खोलाको ट्यांकीहरूमा विभिन्न खोलाबाट ल्याइएको पानी सोझै मिसाउने गरिएको छ।

ल्याबको परीक्षण रिपोर्टअनुसार, धरान १३ को फुस्रोमा रहेको ट्यांकीको पानीमा  कोलिफर्मको मात्रा ३० युनिट छ। त्यस्तै, धरान १४ को विजयपुरस्थित ट्यांकीबाट धरान ३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट छ।

धरानकाे पानी पिउन याेग्य छैन् -विज्ञ

rajendra khanalनेपालमा खानेपानीको विषयमा लामोसमयदेखि काम गदैं आएको अन्तर्राष्टिय प्रकृति संरक्षण संघ(आइयुसिएन)का पूर्व कन्ट्रि निर्देशक तथा वातावरण र संरक्षण विज्ञ राजेन्द्र खनालका अनुसार धरानको पानी खान लायक नभएको बताउनु हुन्छ । धरान मै घर भएका उहाँले केही अघि धरान आएको बेला आफैले परीक्षण गर्दा धरानवासीको खानेपानी धारामा आउने पानीमा तीन किसिमको अशुद्धता पाएको बताउँनु भएको छ । उहाँका अनुसार बोर्डले वितरण गदैं आएको पानीमा भौतिक अशुद्धता, केमिकल अशुद्धता र जिवाणु भएर हुने अशुद्धता पाइएको छ । यि तिनै वटा समस्यालाई निरुपण गर्न मुहानको ट्याङ्कीमा केमिकलको प्रयोग गर्नु पर्ने तर नगरिएको पाइएको उहाँले बताउनु भएको छ । ‘पानी छान्ने स्थानमा केमिकल हालेर शुद्ध बनाउनु पर्छ । त्यो काम नभएको मैले पाए । धरानका साना खोलाबाट संकलन गरेको पानीमा कोलीफार्मको मात्रा धेरै छ ।’–केही बर्ष महिले सर्दु जलाधार क्षेत्रको अध्ययन समेत गर्नु भएका वातावरण विज्ञ खनालले भन्नु भयो–‘धरानको पानी फिल्टर गरेर मात्रा खान योग्य छैन् । पानी उमालेर प्रयोग गर्न म धरानवासीलाई अनुरोध गर्दछु ।’ खनालले दुइै बर्ष अघि धरानको खानेपानी मुहान सर्दु जलाधारको विषयमा अध्ययन गरेर त्यसको रिर्पोट उपमहानगरलाई बुझाउनु भएको छ । उक्त रिर्पोटमा उहाँले पानीलाई शुद्धता गर्न सुझाव पनि दिनु भएको छ । उपमहानगरले प्रकाशन गरेको ‘निरुपण’ नामक पुस्तकमा धरानको खानेपानीका विषयमा उहाँले विस्तृत रुपमा जानकारी दिनु भएकाे छ । 

खानेपानी बोर्डले खानेपानी शुद्धता गर्न ब्लिचिङ पाउण्डर र फिटकेरी पानीको मात्रा अनुसार लगाउनु पर्ने हो तर त्यसो नगरेका पानी अशुद्ध भएको खानेपानी सम्बन्धि काम गदैं आएका सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो । बर्षायमको पानी बगेर आउने भएकाले फोहार आउछ । त्यसलाई शुद्ध बनाउन औषधी प्रयोग अनिर्वाय हो तर धरान उपमहानगरले चासो नदिदा समस्या आउने गरेको उहाँले बताउनु भयो । खानेपानी श्रोत ट्याङ्की क्षेत्रमा कति पानीमा कति औषधी लगाउने भन्ने मेसिन जडान गरिएको भए पनि बोर्डले उपयोग नगरेको उहाँको आरोप छ ।  


धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको माईक्रोबायोलोजी विभागका संयोजक धिरेन लिम्बूका पानीमा ‘फिकल कोलिफर्म’ देखिनुको अर्थ दिसापिसाब मिसिएको छ भन्ने बुझिन्छ। यस्तो पानी खान नमिल्ने लिम्बू बताउँनु हुन्छ । यदी यो रिर्पोट आधिकारी र सही हो भने धरानवासीका लागि दुभाग्य भएको धरान उपमहानगरपालिकाका पूर्व मेयर मानोजकुमार मेन्याङ्बोले बताउनु भयो । खानेपानी बोर्ड र उपमहानगरको नेतृत्वको गैरजिम्मेवारीपनले धरानवासी समस्यामा पदैं गएको उहाँको भनाई छ । 'यो चरम लापारवाही हो । उपमहानगरको चरम लापारवाही हो । नागरिकको स्वास्थ्यमा ठूलो खेलवाड भयो । अव नागरिक पनि सचेत हुनु जरुरी छ ।' - उहाँले भन्नु भयो-'उपमहानगर नेतृत्व तत्काल सुधार गर्न लाग्नु पर्छ ।'

 धरान उपमहानगरका पूर्व मेयर तिलक राईले पनि पानीको मुद्धा लिएर चुनाव जितेका मेयर साम्पाङले यस विषयमा गम्भीर भएर सोच्नु पर्ने बताउनु भएको छ । रिर्पोट सही हो भने यो समस्या समाधानका लागि नेतृत्व जिम्मेवार हुनु पर्छ । 

 मेयरलाई रास्वपाको ध्यानाकर्षण 

पानीमा कोलिफार्म भेटिएको प्रतिवेदनसहित राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउदै उक्त पार्टीले पानी शुद्धिकरणको लागि क्लोरिनेशन जस्ता आवश्यक विधि अपनाएर धरानबासीलाई स्वास्थ्य र शुद्ध पानीको लागि आवश्यक व्यवस्थापन गर्न माग गरेको छ । पार्टीका नगर सभापति राजेशमान श्रेष्ठले धरानवासीको स्वास्थ्यमा खेलवाड नगर्न मेयरलाई सुझाउनु भएको छ । 

 मेयर साम्पाङले सतहको पानी संकलन गरेर वितरण हुँदा शुद्धतामा समस्या रहेको हुन सक्ने बताउनु भएको छ । उहाँले गुणस्तरीय पानी वितरण गर्न आवश्यक पहल गर्ने उहाँको भनाई छ । 

ल्याव परीक्षण रिर्पाेट यहाँ हेर्नुहाेस्:

http://