भाईरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ ।

डेंगु ज्वरो भनेको के हो?

यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यो भाइरस ४ प्रकारका हुन्छन्। डेंगु भाइरस(१, २, ३ र ४ । एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि हुन्छ। तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।

डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्।

१। साधारण डेंगु ज्वरो

२। डेंगु हेमोरेजिक ज्वरो

३। डेंगु शक सिन्ड्रोम

हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ ।

डेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन। डेंगु ज्वरो लागेको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे ९एडिजरब्भमभक०मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ। डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ।

डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ।यो ग्रामिणमा भन्दा शहरी क्षेत्रमा बढी पाईन्छ ।डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।

सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ।

डेंगु भाइरसलाई सार्ने लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने हो। सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरि सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, घर वरिपरि लामखुट्टे मार्ने औषधीहरु छर्ने गर्नुपर्छ। त्यस्तै सरकारी स्तरमा गाँउशहरमा फोहर जम्नसक्ने खाल्डोहरु पुर्ने, लामखुट्टे मार्ने औषधीहरु छर्ने गर्नुपर्छ।आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन । चिकित्सकीय सल्लाहपछि मात्र यस्ता ज्वरो र दुखाइनाशक औषधि उपयोग गर्नुपर्छ ।

डा. अरुण कुमार सिंह,

बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान