मोरङ । कोशी प्रदेशमा पशजन्य चौपायमा लाग्ने लम्पी स्किन नामक रोगका कारण ठूलो संख्यामा असर देखा परेका छ । यो रोगले महामारीकै रुप लिन थालेको किसानहरुले वताएका छन् । 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार हालसम्म करिब २ लाखभन्दा बढी चौपाया संक्रमित बनेका छन् ।तीमध्ये २ लाख १२ हजारभन्दा बढी गाई–गोरु तथा १ लाख ७ हजारभन्दा बढी राँगा–भैंसी लम्पी स्किन रोगबाट संक्रमित भएका छन । संक्रमितमध्ये ४ हजार ८ सयभन्दा बढी चौपाया मरेको तथ्यांक छ ।

निर्देशनालयका अनुसार हालसम्म १ लाख ३ हजार ७ सय ७१ पशुलाई संक्रमणविरुद्धको खोप लगाइएको छ । पाँचथरमा सबैभन्दा धेरै पशु संक्रमित भएका छन ।पाँचथरमा ३२ हजार ९ सयभन्दा बढी चौपाया संक्रमित भएकामा ३ सय ७६ वटा मरेका छन् । ३१ हजार ३ सयभन्दा बढी चौपाया संक्रमित भएको इलाममा १ हजार ३ सयभन्दा बढी मरेका छन ।

यस्तै धनकुटामा २१ हजार ५ सयभन्दा बढी, झापामा करिब २० हजार ९ सय, उदयपुरमा २० हजार ८ सयभन्दा बढी, मोरङमा करिब १९ हजार ८ सय, सुनसरीमा १६ हजार २ सयभन्दा बढी, तेह्रथुममा १५ हजार ९ सयभन्दा बढी चौपाया संक्रमित भएका छन् ।

यसैगरी संखुवासभा १३ हजार, खोटाङमा १० हजार ३ सयभन्दा बढी, ताप्लेजुङमा ६ हजार ९ सयभन्दा बढी, भोजपुरमा करिब ६ हजार ६ सय, ओखलढुंगामा ६ हजार ३ सयभन्दा बढी तथा सोलुखुम्बुमा ७ सयभन्दा बढी चौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका छन ।

संक्रमणले व्यापक रुप लिएको र ठूलो संख्यामा चौपाया मरेर किसानलाई नोक्सानी भइरहेको अवस्था भए पनि नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको सम्बन्धित जिल्लाका किसानले बताएका छन ।

======================

के हो लम्पी स्किन रोग  /  उपचार तथा रोकथाम

लम्पी स्किन डिजिज गाईहरुमा एक प्रकारको भाइरस ९पक्स समूहको काप्रीपक्स भाइरस०बाट देखिने रोग भएपनि कहिलेकाहीँ भैंसीहरुमा पनि यो रोग देखिन सक्दछ । यो रोग सन २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, कजाकिस्तान हुँदै बंगलादेश, र भारतमा पनि केही महिना अघि देखा परेको यो रोग अहिले नेपालको मोरङ्ग, झापा लगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दो जुल्दो लक्षण देखा परेको र यसका कारण गाईहरु बिरामी मरेको र केहि मरेको जानकारी आएको छ ।

२०७७ सालमा नेपालमा पहिलो पटक देखा परेता पनि हाल अहिले यो रोगले गाईभैँसी  मुख्यतः गाई  मा निकै असर गरिरहेको पाइन्छ । स्थानिय जातका गाई लाई देखिएता पनि उन्नत जातका गाई लाई बढी असर गर्ने ।

मुख्य लक्षणहरु 

ज्वरो आउने

 शरीरको विभिन्न भागहरूमा गिर्खा हरु आउने,

खुट्टा सुन्निने

 दूध दिने पशुहरुमा दूध उत्पादन ८०५ ले घट्ने ९ जस्तै एउटा गाई ले दैनिक ५ लिटर दूध दिरहेको छ भने यो रोग लागेमा ४ लिटर दूध उत्पादन घटेर जम्मा १ लिटर मात्र दिन्छ ०,

 गर्भवती माऊ तुहिन सक्ने,

आँखा बाट कचेरा आउने ,

(घाँटीको भाग नजिक नशा फुलीएको जस्तो९थिmउजलयमभ० सुन्निने

अरुचि हुने, दुब्लाउँदै जाने र अन्तयमा मृत्यु पनि हुन सक्ने,

रोगसर्ने माध्यम

लामखुट्टे, झिङ्गा, भुसुना आदिको टोकाईबाट

 संक्रमित गाईभैंसीको ओसारपोसार बाट

 रोगी पशु हरु सँगै राखेमा वा चराएमा

उपचार तथा रोकथाम 

 भाइरसको कारण ले लाग्ने भएको ले ठोस उपचार छैन ।

 लक्षणको आधारमा उपचार गर्नुपर्छ ।

 ःMeloxicam, antibiotics, antihistamine औषधि क्रमशस् ज्वरो, संक्रमण, एलर्जी मा ३(७ दिन सम्म दिने

 गिर्खाहरू फुटेर घाउ भएमा पोटास पानी ले सफा गर्ने ।

लामखुट्टे, झिंगा आदिको संक्रमण रोक्न दैनिक , चुना, आदिले खोर गोठ सफा गर्ने ।

 स्वस्थ पशुहरू रोगी पशुहरू बाट अलगै राख्ने ।

                                                     फायल तस्वीर