इटहरी । कोशी प्रदेशस्थित सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालय सवैको रोजाईमा परेको विद्यालय हो । यो विद्यालयका इटहरी उपमहानगरपालिका वडा नम्बर ६ र ९ मा दुई वटा ब्लग छन् । राजमार्गदेखि २०० मिटरभित्र पर्ने यो विद्यालयले सवैको मन जित्न सफल भएको छ । 

विद्यालयको भौतिक संरचना, गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनका कारण नै  जनता मावि सवैको रोजाईमा परेको हो । हरेक कक्षामा  भर्नाका लागि प्रवेश परीक्षा हुन्छ । प्रवेश परीक्षामा फेल भएका विद्यार्थीहरु मात्र अन्य नीजी बोर्डिङ स्कुलमा जाने छन् ।, विद्यालय व्यवस्थापन समितिका अध्यष काशीनाथ दंगाल भन्नु हुन्छ । सामुदायिक विद्यालय भए पनि यो विद्यालयको भौतिक संरचना मात्रै होइन, यहाँको शिक्षा पनि उत्तिकै उत्कृष्ट रहेको स्थानीय एक अभिभावकले बताए । विद्यालयका सबै कक्षामा सिसिटिभी क्यामरा  जडान भएकाले प्रत्येक कक्षाको गतिविधी प्रधानाध्यापकद्धारा निगरानी समेत गरिन्छ । विद्यालयमा अध्ययन गराउने शिक्षक शिक्षिकाहरु प्रायः  स्नाकोत्तर गरेका हुनुहुन्छ ।  इटहरीका राम्रा भनिएका नीजि स्कुलका विज्ञान, गािणत विषयका शिक्षकहरु जनता माविमा ल्याएको अध्यक्ष दंगाल बताउनु हुन्छ ।   

यो विद्यालय करिव १३ बिगाहा जग्गामा फैलिएको छ । पठनपाठन र चुस्त व्यवस्थापनले शैक्षिक वातावरण नै बदलिएको छ ।  विसं २०१३ मा प्राथमिकविद्यालयको रुपमा स्थापना भएको यो विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । यहाँ व्यवस्थापन, कम्प्युटर, शिक्षा र मानविकी र यो बर्षदेखि कानुन विषय शुरु गरिन लागिएको प्रध्यानाध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो ।  

अनिवार्य प्रवेश परीक्षा र प्रविधी मैत्री शिक्षा

विद्यालयले नयाँ शैक्षिक सत्रको निम्ति विद्यार्थी भर्नाका लागि अनिवार्य प्रवेश परीक्षाको व्यवस्था गरेको छ । उक्त प्रवेश परीक्षामा अनुतीर्ण भएका विद्यार्थीहरु निजी विद्यालयमा जाने गरेको विद्यालयको दावी छ । अधयक्ष दंगालका अनुसार हाल विद्यार्थी संख्या ३ हजार ९ जना रहेका छन् । उहाँका अनुसार विद्यार्थीहरु निजीबाट जनता माविमा अध्ययन गर्न आउनेको संख्या बढेको छ ।  दिनानु दिनको वढ्दो सुधार र पठन पाठन उत्कृष्ट वन्दै गए पछि विद्यार्थीकोआकर्षण बढेको हो । 

भवन, सुविधा सम्पन्न कक्षा कोठा,मल्टिमिडिया, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, पुस्तकालय, महिला बालबालिका, अपाङ्गमैत्री शौचालय र विद्यार्थीको युनिर्फम हेर्दा यस सामुदायिक विद्यालय नाम चलेका निजी विद्यालय भन्दा कम देखिंदैन । सबै कक्षामा ल्यापटपबाट शिक्षकले प्रोजेक्टरको सहायताले स्मार्ट बोर्डमा पढाउँछन् । हाल आठवटा प्यानलबोर्ड छन् । यिनैलाई सबै कक्षामा घुमाएर पढाउने गरिएको छ । स्मार्ट बोर्ड भने सबै कक्षामा छन् । चक, डस्टर र मार्करले छुटकारा पाएको बषौं भयो । डस्टर बोक्ने झोलामा घरबाट निस्किँदा शिक्षकहरु ल्यापटप बोकेर आउँछन् । कक्षामा ल्यापटप झिक्छिन् । डिभाइसमा जोडेर प्रोजेक्टर मार्फत विद्यार्थीहरुलाई पढाउदै आएका छन् । हाल सरकारी र निजीगरि १ सय ५३ जना शिक्षक शिक्षिकाले अध्ययापन गराइरहेको विद्यालयले जनाएको छ ।  

गरिव विपन्न समुदायको विद्यार्थीको लागि अक्षय कोष 

विद्यालयमा रहेका गरिव र विपन्न विद्यार्थीलाई अक्षय कोष मार्फत सहयोग गर्ने गरिएको व्यवस्थापन समितीका अध्यक्ष दंगालले वताउनु भयो । गत सालदेखि विपन्न र गरिव विद्यार्थीको निम्ति भनेर अक्षय कोष वनाइएको हो । समुदायमा योगदान गर्न चाहनेहरुको सहयोगी मनहरुबाट हाल १८ लाखको कोष वनेको अध्यक्ष दंगालको भनाई छ । विद्यालय व्यवस्थापन समितिले कार्यकाल अवधि सम्म ५ करोडको कोष वनाउने लक्ष्यलिएको भए पनि आर्थिक मन्दीका कारण समितीको कार्यकाल सम्म १ करोड सम्म वानउने लक्ष्य लिएको वताइएको छ । कोष व्याजद्धारा गरिव तथा विपन्न समुदायको विद्यार्थीलाई अध्ययन गर्नको निम्ति सहयोग गरिदै आएको छ । 

यो वर्षदेखि कानुन विषयमा अध्ययन

विद्यार्थीहरुको कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा कानुन विषय थप गरिएको विद्यालयका प्राचार्य  पशुपती सिग्देलले जानकारी दिनु भयो ।  

शिक्षा, मानवीकी, व्यवस्थापन विषयका कक्षाहरु पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप भएको उहाँले वताउनु भयो । कक्षा ११ र १२ मा गरेर हाल ८ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयलृे जनाएको छ । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ ।  एक हजार जना थप विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले वताउनु भयो । उहाँले भन्नु भयो, ‘‘भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन सकिरहेका थिएनौं, ‘यो पटकदेखि हामी प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा छौं ।’ विद्यालयमा विज्ञान विषय अध्ययन गर्नेका लागी ९ वटा कोठाको अत्याधुनीक सुविधा सम्पन्न ल्याबको निर्माण अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।