धरान ।आइतबार नयाँ आर्थिक वर्षको लागि नगर सभा मार्फत इटहरी उपमहानगरपालकाले धरान उपमहानगरपालिकाको भन्दा  दोव्वर वजेट प्रस्तुत गरेको छ । 

धरान र इटहरी उपमहानगरपालिका भन्दा धरान अग्रणी नगरपालिका हो । कुनै समय इटहरी गाविसमा सिमित रहेका वेला धरान नगरपालिकामा परिणत भइसकेको थियो तर नयाँ आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रमको वजेट मार्फत धरान उपमहानगरपालिका भन्दा दोव्वर वजेट प्रस्तुत गरेर इटहरीले धरानलाई उछिनेको छ । 

आइतबार नगर सभा मार्फत धरान उमपहानगरपालिकाको उप मेयर आइन्द्र विक्रम वेघाले १ अर्व ७१ करोडको वजेट प्रस्तुत गर्नु भयो भने इटहरी उपमहानगरपालिकाका २ अर्ब ३५ करोडको बजेट प्रस्तुत नगर सभामा उप मेयर संगीता चौधरीले प्रस्तुत गर्नु भयो । इटहरीले दोव्वर वजेट प्रस्तुत गर्न सफल भएको छ भने धरानले वजेटको भोल्युम वढाउन सकेन । 

तेह्रौँ नगरसभामा उपमेयर आइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको उपमहानगरपालिकाको बजेटमा जसमा आन्तरिक राजस्व ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकारबाट अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार अन्ुमान गरिएको छ भने प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले सबै वडालाई २१ करोड रुपैयाँ बजेट दिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार तर्फ ४३ करोड ५१ लाख १५ हजार रुपैया बजेट विनियोजन गरेको छ भने पर्यटनमा जम्मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।आर्थिक विकाशको शीर्षकमा कुल ३ करोड ४८ लाख ५० हजार रुपैयाँ छुटाइएको छ ।

बजेटमा यो विनियोजित रकम उपमहानगरपालिले स्थापना गर्ने बेसार उद्योग, साबुन उद्योग समेत स्थापना र सञ्चालनका लागि पनि हो ।धरान उपमहानगरपालिकाले प्रमुख कोष, उपप्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोषका लागि क्रमशः १ करोड ७५ लाख, ७५ लाख, ५ लाख, २० लाख बजेट विनियोजन भएको छ । ७ विषयलाई प्रमुख प्राथमिकतामा राखी विनियोजन गरिएको बजेटमा ‘खानेपानी’ लाई प्राथमिकतामा राखिएको छ ।

उपमहानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक लगायतका अन्य खर्चका लागि ४४ करोड ५९ लाख ५० हजार रकम विनियोजन गरेको छ ।उपप्रमुख संगीताकुमारी चौधरीले प्रस्तुत गरेको  वजेटमा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि संघिय समानिकरण अनुदानबाट ३० करोड १७ लाख, संघिय ससर्त अनुदानबाट ७२ करोड ५७ लाख, संघिय समपुरक अनुदानबाट २ करोड, संघिय विशेष अनुदानबाट ३ करोड ७५ लाख पाउने अनुमान गरिएको छ । 

यसैगरी प्रदेश समानिकरण अनुदानबाट २ करोड ७ हजार, प्रदेश ससर्त अनुदानबाट १ करोड २३ लाख २५ हजार, प्रदेश समपुरक अनुदानबाट १ करोड, संघिय राजश्व बाँडफाँडबाट १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड९सवारी०बाट २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनबाट ३० करोड रुपैया पाउने अनुमानित आम्दानी विवरण पेश गरेको छ । यस्तै नगद मौज्दात परिवर्तनबाट १ करोड र नगर विकास कोषबाट ३ करोड ऋण प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरी आन्तरिक श्रोतबाट ६८ करोड १४ लाख रुपैया उठाउने महत्वकांक्षी योजनासमेत बनाएको छ । यो चालु आर्थिक वर्षको असारसम्मको संशोधित अनुमानित आयको दोब्बर बढी हो । चालु आर्थिक वर्षको असारसम्ममा नगरले आन्तरिक स्रोतबाट २९ करोड ६३ लाख रुपैया मात्र आम्दानी गर्न सकेको छ ।

यस्तै उपमहानगरपालिकाले चालु खर्च तर्फ १ अर्ब १५ करोड ७८ लाख रुपैया विनियोजन गरेको छ । नगर विकास कोषको सावाँ व्याज भुक्तानी गर्नको लागि ५० लाख र  पूँजिगत खर्चको लागि १ अर्ब १८ करोड ७२ लाख रुपैया छुट्याएको छ । पुँजीगत खर्च कुल बजेटको ५०।५२ प्रतिशत हो ।

विषयगततर्फ २५ करोड, नगर स्तरीय योजनाका लागि १७ करोड ४५ लाख ६ हजार, ससर्त अनुदानतर्फ ८० करोड ५५ लाख २५ हजार विनियोजन गरेको छ । यस्तै वडा सिमातर्फ १० वटा वडालाई प्रति वडा १ करोड ५५ लाखका दरले र बाँकी १० वटा वडालाई १ करोड ७५ लाखका दरले गरी जम्मा ३३ करोड छुट्याएको छ ।

उपमहानगरको १ करोड ५५ लाख रुपैयाका दरले पाउने वडाहरु १,३,७,१०,११,१३,१४,१५,१८ र १९ रहेका छन् भने वडा नं। २,४,५,६,८,९,१२,१६,१७ र २० ले १ करोड ७५ लाखका दरले रकम पाउनेछन ।