धरान ।खानेपानी एजेण्डा अघि सारेर चुनाव जितेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ ) ले श्रमदानबाट ४२ किमी दुरीबाट पाइप जोडर धरानमा खानेपानी  ल्याउनु भएको छ  । 

९८ दिनको लगातारको अभियानबाट बराहक्षेत्र नगरपालिका स्थित कोकाहा खोलाको पानी मंगलबार धरान क्षेत्रमा ल्याउन सफल हुनु भएको हो । सरकारी योजना भएको भए यो योजना सम्पन्न गर्न दशकौं बर्ष लाग्थ्यो तर मेयर साम्पाङले ९८ दिनमा पानी धरान पुर्याएर उदाहरणीय काम गर्नु भएको छ । 

dhran_water 1

गत बर्ष बर्षायमा स्थानीय श्रोत निशान खोला, सर्दु खोलाबाट पानी संकलन गरे । तर हिउदमा सुके पछि उनी प्रति नगरवासीले आलोचना पनि गरे । यो बर्ष बेलैमा कोकाहा खोलाको मुहान ठूलो भेटिए पछि उहाँ आफ्ना समर्थक सहित अभियानमा लाग्नु भयो । भीर पाखा जंगल करिव ४२ किमी दुरी छिचोल्न सजिलो थिएन् । धेरैले साम्पाङको योजना प्रति कुरा काटे । आलोचना गरे । तर उनी निरन्तर लागिरहे ।

353822041_730814345717367

उहाका देशविदेशका समर्थकहरुले उत्साहा जगाए । उहाको अभियानमा दैनिक लाखौं सहयोग प्रदान गरे पछि मेयर साम्पाङले असम्भव कामलाई सम्भव बनाउनु भयो ।  फागुन २३ गतेदेखि शुरु भएको कोकाहा खानेपानी श्रमदान अभियान ९८ औ दिनमा धरान पानी आइपुगे पछि उहाका समर्थक र धरानवासीले खुशीयाली मनाएका छन् । 

कोकाहा खोला धार्मिक हिसावले पवित्र मानिन्छ । त्यही खोलामा स्नान गर्न धरानबासीहरु बराहक्षेत्र मन्दिरपरिसर पुग्ने गथ्र्ये । त्यही खोलाका पानी मेयर साम्पाङले आँगनमा ल्याइदिए पछि वृद्धवृद्धाहरु, युवा युवतीहरुले मंगलबार धितमरुञ्जेल नुहाए । उनीहरु बाजागाजाका साथ उपस्थित भए । 

1686630791_pic 5, kokaha shram

कोकाहा खोलाको मुहान धरानको वडा नं २० स्थित हात्तिसारमा नै पर्छ । उक्त मुहान क्षेत्रबाट भञ्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भए पनि विजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटि फ्लो मार्फत नै पाइपलाइन विछ्याएर पानी ल्याउनु भएको हो। पाइपलाइन छिमेकी नगर बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ । 

कठिन पहाडी भुभाग कटेर मानव वस्तीसम्म पानी आइपुगेको छ । पकुवा खोला परिसरबाट अब करिब ७ किलोमिटर दुरीमा धरान खानेपानीको सुम्निमा र स्वास्तिका ट्यांकी रहेको छ । पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइने छ ।

मेयर साम्पाङको अभियानका प्रोजेक्ट मेनेजर दत्त लिम्बु रहेका छन् । मानिसहरुले हामीलाई अनेक कुराहरु गरे, विरोध गरे तर कोकाहाको पानी ल्याएरै छाडेको उनले बताएका छन् ।

353649241_730818675716934

यो अभियानका लागि सरकारी पैसाको खर्च भएको छैन् । विभिन्न दाताहरुले पाइप किनेर दिएका छन् । देश विदेशमा बस्ने नागरिकले आर्थिक सहयोग गरेका छन् । प्रोजेक्ट मेनेजर दत्त लिम्बुले केहीदिन अघि सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक सहयोग ३ करोड ५० लाख पुगेको छ ।

पाइप सहयोग १ करोड २० लाख भएको छ । उक्त सहयोग मेयर साम्पाङले धरानको खानेपानी व्यवस्थापन बोर्डसँग नजोडी छुट्टै परियोजना बनाएर आफ्ना समर्थकबाट संचालन गरेका छन् । उनको योजना दिर्घकालिन नभएको भन्दैं धरानका राजनीतिक दलहरुले भने सहयोग गरेनन् । 

धरानको चरम खानेपानी अभावलाई केही हदसम्म टार्न कोकाहाको पानी ल्याइएको र धरानको खानेपानी समस्याका दीर्घकालिन समाधान भने सप्तकोशीको पानी ल्याइने मेयर साम्पाङले बताउदैं आउनु भएको छ  । त्यसका लागि पनि अध्ययन शुरु भइसकेको उहाले बताउनु भयो  । 

यो योजनामा मेयर साम्पाङले उपमहानगरको बजेट खर्च गर्नु भएको छैन । खानेपानी व्यवस्थापनका लागि खानेपानी व्यवस्थापन बोर्डलाई दाताहरुले सहयोग गरेको पाइप र बोर्डमा भएका केही प्राविधिकहरु मात्र कोकाहा खानेपानी योजनामा प्रयोग भएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिनु भयो  ।

उक्त योजनाको प्राविधिक क्षेत्र गोर्खा वेलफेयर ट्ष्ट अन्तर्गत खानेपानी विभागकी प्रोजेक्ट सर्भेयर तथा डिजाइनर इन्जिनियर सिके राईले हेरिरहनु भएको छ । उहाले दिएको जानकारी अनुसार ग्राभिटीफोर्स प्रणालीबाट पानी ल्याइएको हो ।

मुहान र धरानको खानेपानी ट्यांकीको भटिकल डिफेरलेन्स २०।२२ मिटर फरक रहेको उहाले बताउनु भयो  सुम्निामा ट्यांकीमा अलिक कम हुने तर स्वास्तिका ट्यांकीमा पानीको फ्लो राम्रो जाने उहाले बताउनु भएको छ । पानी आउदैंन भनेर धेरै टिकाटिप्पणी भएकाले पहिले पानी धरानमा झार्न केन्द्रीत भएको उहाले बताउनु भयो ।

मुहान सुधार गर्न, पाइपलाइन मिलाउन अझै बाँकी रहेको उहाँको भनाई छ । केही दिनभित्र यि सबै काम सकेर ट्यांकी जोड्ने काम हुने उनले बताइन् । पानीको प्रेसर अझ बढाउन आफुले मुहानलाई अलिक माथि सार्न सुझाव पनि दिएको मुहानलाई उहाको भनाई छ । विभिन्न घुम्तीहरुमा विछ्याएका पाइपमा एयर लिक गर्दै अझै ठूलो प्रेसरमा पानी ल्याउने सकिने उहाले बताउनु भयो ।