• कर्ण शाक्य 

‘सोच’ ले मलाई नया“ पहिचान दियो — एउटा लेखकको । यो कुरा मैले यस अघि नै भनिसकेको छु । र ‘कान्तिपुर’मा समय–समयमा छापिने मेरा लेखहरुले पनि मलाई केही पहिचान दिएका छन्। तर त्यस्तो पहिचान मैले पचाउन सकिरहेको छैन। किन हो कुन्नी, आफूलाई लेखकका रुपमा स्वीकार्न नै मैले सकिरहेको छैन । कहिलेकाही“ साहित्यिक कार्यक्रमहरुमा मलाई निम्तो गरियो भने पनि म अनेक बहाना गरी त्यहा“ नजाने प्रयास गर्छु । थुप्रै साथीहरुले मलाई एउटा चिन्तकका रुपमा हेर्न थाल्नुभएको छ । त्यो पनि मलाई स्वीकार्य भइरहेको छैन। चिन्तक हुन त महान् आदर्शवान् व्यक्ति हुनुपर्छ, नैतिकवान् हुनुपर्छ । म न त ठूलो नैतिकवान् व्यक्ति हु“, न आदर्शवान् नै ।

मैले जिन्दगीमा थुप्रै भूलहरु गरेको हू“ला। कतिपयलाई सायद चित्त पनि दुखाएको हू“ला। यो प्रतिस्पर्र्धात्मक जिन्दगीमा आफू अगाडि बढ्दा अरुलाई मैले पछाडि धकेलेको पनि हुन सक्छु । जानेर वा नजानेर मैले केही शत्रु पनि बनाएको हू“ला । विद्याार्थीकालमा कहिलेकाही“ चोरेर पनि जा“चमा पास गरे“ हू“ला। जवानीमा लफङगो भएर प्रेमका अनेक खेलहरु त खोलेकै हु“ र घरपरिवारलाई दुःख पनि दिए“ नै हू“ला। उद्योग र व्यापार गर्ने क्रममा मैले कहिलेकाही“ नैतिक सिद्धान्तलाई शतप्रतिशत पालना नगरेको पनि हुन सक्छ । तर एउटा कुरा छातीमा हात राखेर अहिले पनि म गर्वका साथ भन्न सक्छु — जिन्दगीमा म कसैको टाउकोमा टेकेर माथि उक्लेको छैन र कसैलाई बिगारेर आफू बनेको छैन । बस्, म एउटा सभ्य र असल मान्छे बन्न खोज्छु, असल काम गर्न खोज्छु । सकभर अरुको चित्त दुखाउने र अरुलाई बिगार्ने काम म गर्न चाहन्न“ । अन्जानमै पनि कसैको चित्त दुखेको हुन सक्छ, त्यसमा म के गर्न सक्छु र ?

म एउटा साधारण मान्छे हु“ । म आफ्ना साथीभाइसित रमाइलो गरेर बस्ने इच्छा राख्छु । साथीभाइसित गफ गर्दा असनमा गुच्चा खेलेको सम्झना गर्ने, जवानीकालमा आफ्ना केटीसाथीहरुका रोमाञ्चकारी घटनाक्रमलाई याद गर्न रुचाउने र आफ्नो परिवारका सदस्यहµलाई औधी मन पराउने एउटा आम नागरिक हु“ म ।

कुनै–कुनै पाठकले मलाई एउटा ठूलो राष्ट्रवादीका रुपमा हेर्न खोजेका छन् । म आम राष्ट्रवादी नागरिकजस्तै हु“ र राष्ट्रलाई माया गर्छु । तर राष्ट्रका नाममा सारा कुरा त्याग गरेर राष्ट्रवादी भावनाको पोखरीमा चुर्लुम्म डुबी ‘त्वम् शरणम्’ गर्न सकू“लाजस्तो मलाई लाग्दैन। यद्यपि जब मैले अमेरिकामा बस्ने एउटी नेपाली महिलासित दोश्रो विवाह गरे“, त्यो बेला आफ्नो राष्ट«ियताप्रति म बढी नै भावुक भएर मैले आफ्नी श्रीीमतीको अमेरिकाको राहदानी र ग्रीनकार्ड फर्काउने कोसिस गरेको थिए“ । मेरी श्रीमतीले पनि मेरो आग्रहलाई स्वीकारेर आफ्नो अमेरिकी ग्रीनकार्ड नेपालकै राजदूतावासमा फर्काइदिएकी थिइन् । थुप्रै साथीहरुले भनेका थिए, ‘अमेरिकाको ग्रीन कार्ड प्राप्त गर्न कति गाह्रो हुन्छ, किन फर्काउने† ?  तर मैले मानिन“ र फर्काउन लगाए“। मेरो आग्रहलाई उनले पनि विनाप्रतिवाद सहज रुपमा स्वीकारिन्। त्यो बेला मलाई राष्ट्रवादको स्वादले आत्मसन्तुष्टि भयो र गर्व पनि लाग्यो। तर राष्ट्रवादको स्वादकै लागि मैले त्यसो गर्नु आवश्यक थियो कि थिएन भन्ने प्रश्न अचेल कहिलेकाही“ मेरो मनमा उठ्ने गर्छ ।

मेरा कान्छा छोराले अमेरिकामा अध्ययन गरी फकिंर्दा अमेरिकामै होटल चलाउने योजना बनाएका थिए। मैले त्यो योजनामा अस्वीकृति जनाए“ र विÈम परिस्थितिका बाबजुद पनि सम्पूण्ाँ लगानी नेपालकै पर्यटन–उद्योगमा लगाए“ । त्यो बेलामा मैले रमाइलो स्वाभिमानको अनुभूति गरेको थिए“। तैपनि कहिलेकाही“ म आफै“स“ग प्रश्न गर्छु, ‘आफ्नो इच्छाका लागि मैले आफ्ना छोराको सपनालाई लत्याउनु ठीक थियो कि थिएन?  ? वि. सं. २०५४ मा मेरी कान्छी छोरी त्रिशाग्नी भारतका शाही परिवारका बच्चाहरु पढ्ने अजमेरको एउटा स्कुलमा पढ्दै गर्दा मैले त्यस स्कुलबाट निकालेर उनलाई नेपालकै स्कुलमा भर्ना गराएको थिए“ । त्यो बेला पनि मलाई आत्मसन्तुष्टि मिलेको थिया े। मेरी कान्छी छोरी अमेरिकामा जन्मिएकी हु“दा उनी अमेरिकी पासपोर्ट सजिलै पाउन सक्थिन् । तर छोरी जन्मेको १६ वर्Èसम्म मैले उनका लागि अमेरिकी पासपोर्ट लिइन“ । पछि नेपालको शिÔण अवस्था गोलमाल भएपछि मात्र मैले छोरीलाई अमेरिकामा पढाउन पठाउने विचार गरे“। अमेरिकामा पढ्न जा“दा त्यहा“कै नागरिक भइयो भने थुप्रै सहुलियत प्राप्त गर्न सकिन्छ भन्ने लोभले मैले मेरी छोरीको अमेरिकी पासपोर्ट लिए“। पहिले त मेरो विचार थियो म मेरी छोरीलाई नेपालकै स्कुलमा पढाउ“छु र नेपालकै कलेजबाट डिग्री हासिल गराउ“छु । तर जतिसुकै सकारात्मक सोच राखे पनि नेपालको तत्कालीन राजनीतिक गतिविधि र स्थितिलाई मैले सामान्य रुपमा लिन सकिन ।

म केही समयअघिको कुरो गर्न चाहन्छु । त्यस बेला दिनप्रतिदिन नेपालको स्थिति बिग्र“दै गइरहेको थियो। संसारको सबैभन्दा सुरÔित सहर मानिने काठमाडौ“ैमा दिउ“सै बैङक लुटियो, मानिसलाई अपहरण गरियो, फिरौती मागियो।     तैपनि तत्कालीन गृहमन्त्री, राजनीतिक नेता र मानव–अधिकारवादीहरुले दुई शब्द पनि बोलेनन ्। राजनीतिक सङक्रमणँकालको बहाना बनाएर यस्ता छिटपुट घटना हुन्छन् भन्दै ठूला–ठूला आपराधिक क्रियाकलापहरु नदेखेजस्तो गरे । मलाई त्यस बेला लाग्यो, ‘कसरी बा“च्न सकिन्छ यस्तो सामाजिक अवस्थामा ? दिउ“सै खुला सडकमा लाखौ“लाख रुपिया“ डकैती हुन्छ, बच्चाहरुलाई अपहरण गरेर लास नदीमा फ्या“किन्छ, काम गरिखाने परिश्रमी मान्छेलाई अनाहकमा दुःख दिइन्छ, यस्तो अन्योल परिस्थितिमा कुन आशा र विश्वास लिएर बा“च्ने? अनि अहिलेकै कुरो गर्ने हो भने पनि जुन स्थितिमा हामी बा“चिरहेका छौ“, हामीले पहिले यस्तो स्थितिको कल्पनै गरेका थिएनौ“। लामो समयसम्म लोडसेडिङ हुन्छ, पानी छैन, मट्टितेल छैन, खाना पकाउने ग्या“स छैन, पेट्रोल छैन, डिजेल छैन। सहरका हरेक सडक र गल्ली कति अस्तव्यस्त छन् भने दस मिनेटको बाटो काट्न दुई घन्टा समय लाग्छ ।

भावना मात्र भएर कहा“ हुन्छ † मानिस आफ्नो व्यक्तिगत जिन्दगीको स्वार्थका लागि मात्र बा“च्तैन । उसको आफ्नो परिवार हुन्छ र परिवारको भविष्यका लागि पनि उसले बा“च्नुपर्छ । सबैजना भगवान् बुद्ध, महात्मा गान्धी र विनोवा भावेजस्ता बन्न सक्तैनन्। त्यसैले अन्तमा मैले मेरी छोरीका लागि अमेरिकी पासपोर्ट लिए ।

त्रिशाग्नी मैले बुढेसकालमा पाएको सबैभन्दा कान्छी छोरी भएकी हु“दा म उनीप्रति अलि बढी नै नजिक छु । दस–बाह्र वर्Èसम्म म उनलाई सधै“ स्कुल पु¥याउने र लिन जाने गर्थे“। मेरो औ“ला समातेर उनले हि“ड्न जानिन्, का“धमाथि बसेर स्विट्जल्र्यान्डको आल्प्सदेखि पोखराको अन्नपूर्ण हिमालसम्मको देशदर्शन गरिन्। यसपालि सौभाग्यवश अमेरिकाको म्यासाचुसेटस्थित एउटा अत्यन्त राम्रो र प्रसिद्ध स्मिथ कलेजमा उनको दाखिला भयो। छोरीको पढाइ राम्रो भएको हु“दा सो कलेजमा उनलाई ६० प्रतिशत आथिर्क सहयोग पनि दिइयो। नान्सी रेगन, लाउरा बुस र प्रसिद्ध महिलाहरुले अध्ययन गरेको ‘स्मिथ’ जस्तो प्रसिद्ध कलेजमा आफ्नी छोरीको दाखिला हु“दा मलाई धेरै गर्व लागे तापनि बच्चैदेखि आफ्नो मुटुस“गै हुर्काएकी छोरीलाई विदेशमा पढ्न पठाउ“दा मन एकदमै गह्रौ“ हुनु स्वाभाविकै थियो।

सन् २००८ साल अगस्टको १७ तारिखमा छोरीलाई पु¥याउन म म्यासाचुसेटस्थित नर्थ याम्प्टन सहरमा पुगे“। कलेजका भव्य ऐतिहासिक भवनहरु देखेर मन सन्तुष्टिले गद्गद भयो। तैपनि छोरीलाई भर्ना गराइसकेपछि आफू नेपाल फर्केर जानुपर्ने सोचले म डराइरहेको थिए“ । छोरी पनि बाबुलाई छोड्न सक्ने मानसिक स्थितिमा थिइनन् । अगस्ट २३ तारिखमा म नेपाल फर्कनुभन्दा एक दिन अगाडि छोरीसित एउटा राम्रो रेस्टुरेन्टमा गएर स“गै डिनर खाने विचार गरेको थिए“। डिनर खान जानुभन्दा पहिले छोरीलाई स्मिथ कलेजमा पढ्न आउने अरु नया“ विद्यार्थीहरुसित चिनजान गराउन कलेजको डाइनिङ हलमा लगे“।

‘छोरी, दस–पन्ध्र मिनेटजति नया“ साथीहµसित चिनजान गर्नू, अनि हामी दुवैजना रेस्टुरेन्टमा खान जाउ“ला। ?  — मैले भने“ ।

छोरीले भनिन्, ‘पर्दैन ड्याडी, उनीहरुसित त म भोलिपसि र्भेटिहाल्छु नि† आजको सा“झ ड्याडीसितै बिताउ“छु। ? 

तैपनि मैले फेरि भने“, ‘होइन, नया“ साथीहरुलाई भेट्नुपर्छ । बरु चाडै भेटेर आऊ। 

त्रिशा डाइनिङ हलमा पसिन् र नया“ विद्यार्थीहµसित चिनापर्ची गर्न थालिन्। दस मिनेट बित्यो, छोरी बाहिर निस्किनन्। बीस मिनेट भयो, आधा घन्टा भयो, छोरी हलबाट बाहिर निस्किनन्। पछि मैले आफ्नो मोबाइलबाट छोरीलाई सम्पर्क गर्दै भने“, ‘जाऊ“ छोरी डिनर खान, अबेर भइसक्यो, मलाई पनि भोक लागिसक्यो। डिनर खाएर भोलि नेपाल फर्कनलाई प्याकिङ गर्नुपर्छ। ? 

त्रिशाले टेलिफोनबाट भनिन्, ‘ड्याडी† आज मैले यहा“ साथीहरुसित नै डिनर खाए कसो होला? तपाईं रेस्टुरेन्टमा डिनर खान जानुस् न† ? 

छोरीको कुरा सुनेर मलाई अनायास एउटा अनौठो सुख र दुःखको अनुभूति भयो। त्यो बेला मैले रेडियार किप्लिङको जङगलबुकको कथा सम्झिए“। एउटा जङगलमा लावारिस फ्या“किएको मुङली नामक एउटा मान्छेको बच्चालाई एउटा भालुले पाल्छ, माया गर्छ र हुर्काउ“छ । मुङली ठूलो भए पछि जब उसले अरु मानिसलाई भेट्छ, ऊ भालुलाई छोडेर गाउ“तिर पस्न थाल्छ । त्यो बेला सायद भालुलाई पनि मलाई जस्तै दुःख र सुखको अनुभूति भयो होला। दुःख कुन कुरामा भने अब आफूले पालेको मुङली आफ्नो रहेन, र सुख कुन कुरामा भने आफूले हुर्काएको बच्चा अब आफ्नै संसारमा रमाउ“दैछ ।

अगस्टको २४ तारिखमा म नर्थ  याम्प्टननजिकैको एयरपोर्टबाट न्युयोर्क ह“ुदै नेपाल फर्कनु थियो। रातभरि बाबुछोरी दुवैलाई निद्रा लागेन। मलाई आफ्नी छोरीलाई कसरी छाडेर जाने भन्ने विचार आइरहेको थियो भने छोरीलाई पनि त्यही चिन्ताले सताइरहेको थियो । रातभरि हामी दुवैजना खाटमा यताउता पल्टिरहेका थियौ“ र निदाउन सकिरहेका थिएना“ै। बिहान साढे सात बज्यो। छोरीलाई उठाए“। दुवैजना चुपचाप नुहाई–धुवाई गरेर डाइनिङ हलमा ब्रेकफास्ट खान गयौ“। हामीले अन्नको एक दाना पनि घाटीबाट निल्न सकिरहेका थिएनौ“। मलाई बोल्न मुस्किल भइरहेको थियो पुत्रीमोहको मायाको भकानो फुट्ला भनेर।

स्मिथ कलेज हामी बसेको होटलबाट तीन सय मिटर मात्र टाढा थियो। मैले त्रिशालाई भने“, ‘छोरी† अब तिमी कलेज जाऊ । म यही“बाट एयरपोर्ट जान्छु।  त्यो बेला बाबु–छोरी दुवैका आ“खाबाट अनियन्त्रित रुपले बरर आ“सु झरिरहेका थिए । छोरीका सामानहरु पहिले नै होस्टलमा पु¥याइसकिएको हु“दा उनले आफ्नो सानो झोला बोकेर मलाई अ“गालो मार्दै रुन्चे स्वरले ‘गुड बाइ ड्याडी, आइ लभ यू, डोन्ट वरी एबाउट मी, मेरो चिन्ता नलिनू’ भनिन् र कलेजको होस्टलतिर लागिन ्।

त्यो बेला नर्थ याम्प्टनको एलोम सडक हुस्सुको मलमली पातलो पछयौरीले ढाकिरहेजस्तो थियो। सडकका दाया“–बाया“ ठूलाठूला म्यापल रुखमा टम्म ढाकेका आकर्Èक पा“चकुने राता र पहे“ला पातहरुले शरद ऋतुको आगमनको सङकेत गरिरहेका थिए । रङ्गीन पातले वातावरणलाई अलौकिक बनाइरहेको थियो एउटा सुन्दर तस्बिरको एष्अतगचभ उभचाभअत दृश्यजस्तै। फुटपाथमा झरेका रङगीन पातहरुमा कुल्च“दै त्रिशा विस्तारै कलेजतिर गइरह“दा मलाई उनी सानी बच्ची हु“दा टुकुटुकु हि“डेर स्कुल गइरहेजस्तो लागिरहेको थियो। सायद आ“खाबाट निरन्तर बगिरहेको आ“सु लुकाउन नसकेकीले होला, त्रिशाले मलाई फर्केर हेरिनन ्।