धरान / प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्टिय सांस्कृतिक अध्ययन केन्द्र दाङ  र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्टी भएको हो । 

गोष्टीमा भाष ताथ संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको गोष्टीमा पहिलो सत्रमा  प्रदेश १ को जाति भाष र ंस्कृतिको विषयमा प्राडा माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्राडां टंकप्रसाद न्यौपाने, भाषिक प्रकार्यका दृष्टिले प्रदेश १ का भाषहरु विषयमा डा. दीपक न्यौपाने र नेपाली चलचित्रमा प्रस्तुत गरिने महिला पात्रहरूको भूमिका विषयमा डा. अस्मिता विष्टले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

दोश्रो सत्रमा पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द तुम्वाहाङले नेपाली समाज, संस्कृति र संस्कृति बाङमय, डा. सोमबहादुर धिमालले धिमालजातिको कला संस्कृति, डा. कैलास राईले मेवाहाङ राइकोजाति भाषबारे र डा. मोहन तुम्वाहाङले लिम्बु भाष र सास्कृतिको एक झल्को विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

कार्यपत्र प्रस्तुतिको प्रथम सत्रका सभापति पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश १ किरातै भएको अर्थमा नामकरणतर्फ सङ्केत गर्दै नेपालको इतिहासमा पल्लो किरात, माझ किरात र वल्लो किरात भनिएको अहिले पनि पढ्नु पर्ने बताउनु भयो ।  यसअघि प्राडा.माधव पोखरेलले किरात जातिको संस्कृतिसँग कोसी नदीको प्राग ऐतिहासिक सम्बन्ध रहेकोले प्रदेशको नाम कोसी राख्दा किरातको सम्बोधन हुने सङ्केत गर्नु भएको थियो । सङ्गोष्ठीमा कार्यपत्र प्रस्तोता तथा छलफलमा सहभागीहरूले संस्कृत, खस जातीको चर्चा, किरात, लिम्बू, राई, कोच, धिमाल, याक्खा, देवान, थारुलगायतबारेमा चर्चा गर्नु भएको थियो । छलफल भएका ८ वटा कार्यपत्रमा अधिकांश आदिवासी जातिका भाषा, संस्कृतिमा केन्द्रित रहेको थियो । 

 डा. विष्टले नेपाली चलचित्रमा प्रस्तुत गरिने महिला पात्रहरूको भूमिका ‘तथाकथित महिला’ भएको बताउँदै त्यसले लैङ्गिकता, महिला अधिकारका कुरालाई धज्जी उडाउँदै आएको प्रष्टाउनु भयो । लिम्बु संस्कृतिमा आधारित ‘नुमाफुङ’ देखी ‘माइती घर’ सम्मका महिला पात्रहरूको चरित्र, भूमिकाको उदाहरण उहाँको कार्यपत्रमा उल्लेख थियो । 

प्राडा. टङ्कप्रसाद न्यौपानेले भाषिक एवं सांस्कृतिक रूपमा भिन्नताका कारण देवान छुट्टै जाति भएको बताउँनु भयो । उहाँको कार्यपत्रमा देवानहरू याक्खा नभएको देवान जाति र याक्खा जातिको सांस्कृतिक भिन्नताहरू समेत उल्लेख गर्नु भएको थियो । उहाँले धेरै जातिहरू पदवीको नामबाट जातिमा परिणत भएको उदाहरणहरू प्रस्तुत गर्नु भयो ।  

डा.मोहन तुम्बाहाङले  लिम्बु भाष र सास्कृतिको एक झल्को विषयमा कार्यपत्र प्रस्तुत गदैं भाषा भएपछि संस्कृति हुने र संस्कृति भनेकै भाषाको माध्यमबाट प्रकट हुने सामाजिक व्यवस्था भएको बताउँनु भयो । लिम्बु जातिको भाषा र संस्कृति मुन्धुममा आधारित भएकोले लिम्बु समाजको विकास र स्थायित्वको श्रोत मुन्धुम भएको उहाँले उल्लेख गर्नु भएको थियो । लिम्बू भाषाको व्याकरणको व्याख्या गर्दै उहाँले लिम्बू समृद्ध भाषा भएको बताउनु भयो ।  

डा. सोमबहादुर धिमालले धिमाल जातिको संस्कृतिमा ४ वटा शक्तिको महत्वपूर्ण स्थान रहेको कार्यपत्रमा उल्लेख गर्नु भएको छ । प्रकृतिलाई शक्तिको रूपमा धिमालहरूले पूजा गर्ने गर्दछन । पितृ शक्ति उनीहरूका लागि मुख्य श्रोत हुन । धामी झाँक्रीमा शक्ति हुन्छ भन्ने धिमालहरूको गहिरो आस्था छ । राज शक्ति धिमाल जातिले शक्तिको प्रतिकका रूपमा मान्दछन्, उहाँको कार्यपत्रमा भनिएको छ ।

दीपक न्यौपानेको कार्यपत्रमा प्रदेश १ का मातृभाषाहरूको विश्लेषणात्मक अध्ययन गदैं प्रदेशमा ६ दर्जन जति भाषा बोलिने गरेको बताउँनु भएको छ । लिम्बु भाषा पठनपाठनमा आएको समृद्ध भाषा भएको उल्लेख गर्दै प्रदेशको सरकारी कामकाजको भाषाको लागि लिम्बु र मैथिली भाषा सिफारिस भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले कार्यपत्रमा उल्लेख गर्नु भएको छ । डा.कैलाश मेवाहाङ राईले आफ्नो कार्यपत्रमा मेवाहाङ किरातहरूको पुर्खा भएको उल्लेख गर्नु भएको छ ।

किरात देवान समाज केन्द्रीय समितिको सहकार्यमा आयोजित सङ्गोष्ठीमा संस्कृति  विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. भीमप्रसाद खतिवडा, विश्वविद्यालयका सांस्कृतिक केन्द्रका निर्देशक जर्मन चौधरीलगायतले भाषा र संस्कृतिका विषयमा बोल्नु भएको प्राडा. टंकप्रसाद न्यौपान अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डा. रमेश घिमिरेले जानकारी दिनु भयो । 

कार्यक्रममा इतिहास, भाषा संस्कृतिका विषयमा योगदान दिने सात जना अगुवाहरुलाई सम्मान समेत गरिएको थियो ।  केन्द्रले साहित्य विधामा अनवसर सेवारत पश्चिम बंगाल भारतका साहित्यकार कृष्ण प्रधान, भाषा साहित्य क्षेत्र कै इलाम नगरपालिकाका युद्धप्रसाद बैद्य, धरान लाइन्स क्लवका अध्यक्ष श्री तारा देवान, दिक्तेल–मझुवागढीका संस्कृति प्रवद्र्धक मणिन्द्र राई, देवान जातिको भाषा र संस्कृतिका प्रवद्र्धक धरान निवासी गणेशकुमार देवान, दिक्तेल रुपाकोटकी महिला जागरणकी अभियान्ता पूर्व उपमेयर वीनादेवि राई, धरान घर भई अमेरिका बसोबास गर्ने प्राज्ञिक जेसिका श्रेष्ठ देवानलाई सम्मान गरेको  हाे ।