धरान / प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानले साहित्यकार पाख्रिवासे कान्छो(तारावहादुर बुडाथोकी) ‘बाउ’ उपन्यास माथि धरानमा सोमबार परिचर्चा गरेको छ ।  

धरान उपमहानगरपालिकाका प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष अम्विका साम्बोहाम्फेका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार मणी गोठाले, सहप्रध्यापक डा. सागरमणी सुवेदी र उपप्रध्यापक राजेश विदोहीले उपन्यास माथि परिचर्चा गर्नु भएको थियो ।  

उपन्यासकार पाख्रिवासे कान्छोले लेखेको उपन्यास ‘बाउ’ उत्तराधुनिक चरित्र बोकेको पुराना नेपाली प्रचलनलाई उजागार गरेको टिप्पणीकार राजेश विद्रोहीले बताउनु भयो । उपप्रध्यापक विद्रोहीले आत्म वाचनको शैलीमा रहेको, उपशीर्षकमा आबद्ध रहेकाले कथानकमा गतिशीलता नभेटिने, विशृङ्खल कथावस्तु, सबै शीर्षक आफैमा  पूर्ण, सबै जातका संस्कृतिको समान महत्त्व रहेको उल्लेख गरिएको बताउनु भयो ।  डा. सागरमणि सुवेदीले ‘बाउ’ उपन्यास जीवनको विशृङ्खलताको उपज भएको बताउनु भएको छ । नेपाली पुरान चलनका, नेली लोकसस्कृति झल्काउने शव्दहरुको अत्याधिक प्रयोगले उपन्यास ओझपूर्ण भएको  अर्का टिप्पणीकार डा. सागरमणी सुवेदीले बताउनु भयो । यस उपन्यासमा झर्रो शब्दको प्रयोगले नेपालीपन झल्किएको, शीर्षक राजनीतिक देखिए पनि राजनीतिक गन्ध नपाइने, बाउ शीर्षक बिम्बात्मक रहेको गोठालेको टिप्पणी थियो । 

बाँच्ने, बचाउने तीन तत्त्वहरू चेतना, पेट, र मायाविप्रति रहे पनि कुनै एक मात्र पूर्ण नहुने दृढ इच्छाशक्ति चाहिने, पेट पाल्न गरिने सङ्घर्ष नै बाउ भएको उल्लेख चचाृ गरिएको थियो । यस उपन्यासमा साहस, सङ्घर्षले बाँच्न सकिने, आफु उठेको आधार बिर्सन नहुने ज्ञान दिएको, उनाइ र बुनाइमा माला नभए पनि प्रत्येक थुँगामा बाउ पूर्ण रहेको टिप्पणी गरिएको छ । 

कार्यक्रम प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डा. रमेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।