कुकुरको काम पनि छैन; फुर्सद पनि छैन भनेजस्तो काठमाण्डौं आएपछि अहिले म कुकुरभन्दा कम्ति भा'छैन।
बसेको अस्थायी शिविरमा साहित्यकार, पत्रकार बन्धुहरू आउँछन्...गाड़ीभित्र बसाई काठमाण्डौंको गल्ली-गल्छिँड़ा, कुना-काप्चा घुमाउँछन्।
यस्तै क्रममा मेरा एकजना प्रख्यात साहित्यकार बन्धुले काठमाण्डौंको आरुबारीमा निम्त्याए। रात्री भोजनपछि भक्कु गफमा गफियौं हामी।
रातको ११.३० मा बन्धुले उनकै गाड़ीमा पुर्याउन आए। यतिञ्जेल सिङ्गो काठमाण्डौं सुतिसकेकी थिइन्।
सुनसान रात। सड़क सुनसान। हाम्रो वाहनबाहेक अरु एउटै वाहन देखिएन।
मैले गाड़ी हाँकेँ। मलाई सोझो मात्रै वाहन हाँक्न आउँछ तर ब्याक गर्न आउँदैन।
मस्त भएर वाहन हाँक्दा चोकमा प्रहरीले वाहन थामी
मपासे (?)भने।
हतार हतार भनेँ- सूपसेछु।
काँधमा तारा भिरेका प्रहरी निरीक्षक गर्जे- एई मूला यो कुन भाषा बोल्या? फेरि दोहोर्याए ता....
प्याच्चै भन्दिएँ - सूच्याछु।
छुच्ची प्रहरी बोलिन्- के भन्या यो? सूपसेछु र सूच्याछु?
मैले जवाफ दिएँ, प्रहरीले मपासे भनी मुखाँ जाँच्याजस्तै सूपसे भन्या सूर्ती पदार्थ सेवन गर्याछु अनि सूच्याछु भन्या सूर्ती च्याप्याछु।
मेरो जवाफ सुनेर छुच्ची प्रहरी खित्का छोड़ेर हाँसिन्। उनी हाँस्दा उनका दुवै गालामा बान्किला खोपिल्टाले सुठी नै सुहाएको हेरिरहेँ।
उनको हातमा रहेको मादक पदार्थ मापक यन्त्र एकक्षण सापटी मागेर प्रहरी निरीक्षकको मुखैमा पुर्याई मापसे(?) भनी सोधेँ।
उनको ओँठको डीलमै पुर्याएको मात्र के थिएँ रातो बत्ती बलि ता हाल्यो....उनी हत्त न पत्त बाइक हाँकी कमलपोखरी तिर लागे।
अस्थायी शिविर आइपुग्दा रातको १२.३० भैसकेको थियो।
कार्टुन सौजन्य
CARTOON NEPAL