धरान / बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा वचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् ।  

छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले आइतबार मेयर विरुद्ध नाराबाजी गर्नु भयो । उहाँको कार्यकक्षको सिसासमेत फुटाई दिएका छन् ।  वार्तामा बसेका पीडितहरुको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी बाहिर दिए पछि आक्रोशित पीडितहरुको समुह मेयरको कार्यकक्षमा पुगेका थिए ।  

पीडितहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर साम्पाङले सम्बोधन नगरे पछि साँझ ७ बजे सोमबार ११ बजे उपमहानगर घेराउ गर्ने उद्घोष गरेर पीडितहरु घर फर्केका थिए । थप अप्रिय घटना नहोस भनेर  जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ पनि घटनास्थल पुग्नु भएको थियो ।  

यस विषयमा मेयर हर्क साम्पाङले बराह सहकारीका पीडितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो ? भनेर प्रश्न गरेको प्रतिक्रिया दिनु भएको छ । 

उहाँले घटना लगतै फेसबुकमा विभिन्न समयमा घटनाबारे प्रतिक्रिया दिनु भएको छ । उहाँले आफुखुशी सहकारीमा नियम विपरित पैसा राखेर नगरसरकारलाई हेप्ने, अधिकृत स्तरका कर्मचारीलाई दैनिक हप्काउदैं तोडफोड गर्नेलाई पख भनेर स्टाटस लेख्नु भएको छ । उहाँले हर्क साम्पाङ ए रिभोलुसन पेजबाट आइतबारेको घट्नाको भिडियोसमेत पोष्ट गदैं पीडितको पक्षमा उभिदा, छानविन प्रक्रिया अगाडी बढाउदैं गर्दा सबै प्रक्रिया विथोल्ने र मेरो कार्यालय तोडफोड गर्नेलाई के भन्नु हुन्छ ? अव पीडितले न्याय पाउँलान त ? भनेर प्रश्न गर्नु भएको छ । 

उहाँले सोमबार विहान ७ः २५ मा लाइभमा आएर उहाँले पीडितहरुलाई उक्साएर नगरपालिका घेराउ गर्ने, तोडफोड गर्ने काम निन्दनीय भएको बताउनु भएको छ । उहाँले उक्त घट्ना राजनीतिक षड्यन्त्र भएको बताउनु भएको छ । उहाँले आन्दोलनलाई उक्साउने, तोडफोड गर्ने समुह कुनै न कुनै दलका कार्यकर्ता भएको आरोपसमेत लगाउनु भएको छ । 

उहाँले फेसबुकमा बराह पीडितलाई उचालेर तोडपलोडको अगुवाई गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धराने जनाताको करोडौं सलाम भनेर व्यङ्गयात्मक अभिव्यक्ति पनि दिनु भएको छ । 

उहाँले पीडितहरुलाई न्याय दिलाउनकै लागि छानबिन समिति गठन गरेर प्रदेश सहकारीबाट रजिष्ट्रारसमेत आएर आइतबार दिउँसो काम गरिरहदा घेराउ, नाराबाजी र गालीगलौज भएको बताउनु भएको छ । 

बराह ग्रुपका सबै कम्पनि तथा फर्मको बैक खाता रोक्का गर्ने निर्णय 

बराह ग्रुप अन्तर्गत सबै कम्पनी तथा फर्मको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले निर्णय गरेको छ । 

धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो । 

कार्यदलको बैठकले बराहको सबै सम्पत्ति रोक्का गर्नका लागि सोमबार पत्राचार गर्ने गरी निर्णय भएको उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिनु भएको छ । बराह कृषी तथा पशुपालन प्राली, बराह फेमेली किचन धरान, बराह मल्टी प्रपोज कम्पनी प्राली भेडेटार, बराहको नाममा रहेको बैक खाता लगायतको स्थिर सम्पत्ति, बराहको लगानी भएको हिसाबमा देखिएको सबै सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई धरान उपमहानगरपालिकाले पत्राचार गर्ने निर्णय भएको हो । 

कम्पनी रजिस्टारको प्रतिनिधि, सङ्घीय सहकारीको प्रतिनिधि र धरान उपमहानगरपालिकाको प्रतिनिधि सहितको ५ सदस्यीय कार्यदलले यस्तो निर्णय गरेको हो । सो समितिले धरान उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६५ बमोजिम बराहको सबै सम्पत्ति रोक्का गर्ने गरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएकोले सोमबार सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

बराह बचत तथा ऋण सहकारीले शेयर सदस्य बनाएर र गैर शेयर सदस्यबाट करिव ८ अर्व रकम बचत कर्ताह?लाई कुनै भसक्तानी नदिए पछि उपमहाननगरपालिकालाई प्रक्रियागत  रुपमा समस्या समाधानका लागि अघि बढाउन पीडित संघर्ष समिति बनाएर निवेदन दिएको संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले बताउनु भएको छ । तर उपमहानगरले ढिला सुस्ती गरिरहेको अवस्थामा आइतबार आक्रोशित पीडितह?ले उपमहानगरपालिका घेराउ गरेको उहाँले बताउनु भएको छ । मेयर ज्युको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले पीडितहश्रलाई आक्रोशित बनाउने काम भएको उहाँको भनाई छ । आफु धरान बाहिर रहेको बेला भएको यस घट्नाप्रति उहाँले दुखसमेत व्यक्त गर्नु भएको छ । 'बराहबाट पीडित, प्रहरी, डाक्टर, पत्रकार, अपाग्ता भएका व्यक्ति, मागेर खाने व्यक्तिलगायत सबै पीडित भएका छन् । यहाँ कुनै राजनीतिक राग गन्धको  कुरै छैन् ।, -उहाँले भन्नु भयो, 'नगर सरकारले यो समस्या समाधान गर्न तदा?कता देखाउनु पर्छ ।'

बराह ऋण तथा बजत सहकारीले बचतकर्ताहरुले राखेको रकम फिर्ता गर्न नसके पछि पीडितहरुले संघर्ष समिति बनाएका थिए । बराहबाट पीडित ८ सय ८८ शेयर सदस्यको रुपमा हिसाव देखाएको छ । पीडित मध्यकै ८ हजार ७०० भन्दा बढिलाई भने शेयर सदस्यमा समेत राखेको छैन् । नियमत सहकारीहरुले शेयर सदस्यह?सँग मात्र कारवोवार गर्न पाउछन् । तर बराहले नियतबस उनीहरुलाई शेयर सदस्य नै नबनाई कारोवार गरेको देखिन्छ ।  बराह ग्रपकाे नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडाैं, पाेखरा, हङकङलगायत स्थानमा  व्यवसाय गर्दै आएकाे छ ।  पछिल्लाे समय  बचतकर्ताकाे पैसा अन्य व्यवसायमा लगानी गरे पछि बचतकर्ताकाे रकम बराहले फिर्ता गर्न सकेकाे  छैन् ।