खाँदवारी / संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभन्ञ्याङ नजिकै निर्माण गरिएको फेःक्मालुङ पार्कमा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो समय यो पार्कमा पर्यटकको आकर्षण बढ्दै गएको छ । 

यो मिथक पात्र फेस्क्मा को सालिक संखुवासभाको खादबारी नगरपालिकाको पूर्वी उत्तर दिशा(रमिते भीर) तिर कतै टाढा नियाले जस्तो रुपमा प्रस्तुत गरिएको छ । यस्तो मूर्ति राख्नु को पनि यहाँ एउटा मिथक रहेको छ । यो भन्दा अघि ठूलो ढुङा भनिएको ढुङाको नाम ‘फेःक्मालुङ’ नामकरण गरिएको छ । 


खादबारी नगरपालिकाको  करिव २८ लाख लगानीमा ढुङ्गामा आकर्षक मुर्ति र पर्यटकहरुलाई दुष्यावलोकन गर्ने स्थान बनाई दिएको छ । यो खाँदबारी नगरपालिकाको ३ नं. वडाको मानेभञ्ज्याङ बजार नजिकै पर्छ । खाँदबारी बजारबाट करिव ५ किमी उत्तरमा रहेको उक्त स्थानमा पुग्न कच्ची सडक छ । साना तथा ठूला सवारीसाधान जान्छन् । खाँदबारीबाट टेम्पो, ट्याक्सीलगायत भाडामा लिएर जान सकिन्छ । उहाँ दैनिक २ सय सम्म आन्तरिक पर्यटकहरु आउने गरेको ३ नं. वडाका वडाध्यक्ष भरत घिमिरेले जानकारी दिनु भयो । शुक्रबार र शनिवार अझ बढि यहाँ घुम्न आउने गरेका छन् ।

यस्तो छ किमदन्ती

धेरै पुस्ता पहिले एक शक्तिशाली माङ्पा(विजुवा, धामी) थिए । जसको नाम टेयीङ्पम माङपा हो । उनी धामी  विजुवा तान्त्रिक विद्यामा पोख्त मानिन्थ्ये । र जिवित रहुनजेल नै उक्त विद्याले गाउँघरमा दुःख या विरामी परेकालाई उपचार गर्नमा नै सम्पूर्ण जीवन समर्पित गरेका थिए । 

आफ्नो घरको समस्यालाई थाँती राख्दैं दिनरात घाम पानी, जाडो, गर्मी, विहान–बेलुका जुनसुकै हालत र अवस्थामा पनि उपचारमा खट्न उनी बाध्य हुन्थ्र्ये । भात खाँदाखादैंको अवस्थामा पनि दगुर्न पथ्र्यो । यस्तो सास्ती पाइने विद्या मेरो शाखा सन्तान कसैले पनि नलिउन भन्ने चाहान्थ्ये टेयीङपा माङपा । 

No description available.

उनी १०६ का भएर अशक्त भएछन् । हिडडुल गर्न सक्न छाडे पछि उनले छोरीहरुको सहायताले स्थानीय लेलुवा गाउँभन्दा माथि रमिते पाखाको छेउमा रहेको भीरमा पु¥याउन लगाए । त्यहाँ पु¥याउन लगाएर छोरीहरुलाई कहिल्यै नफर्कनु भनेर भनेछन् । फर्केर आउदा आफु जस्तै धामी विद्या पाउछन् र दुख पाउछन् भरेर उनले यसो भनेका रहेछन् । छोरीहरु निराँश भएर फर्किए । बुबाको हालत सम्झेर उक्त ढुङ्गामा चढेर हेदैं जादैं गथ्र्ये तर देख्दैनन थिए । अहिले फेक्लुङ्मा बनाइएको मूर्ति पनि ती विजुवाकी जेठी छोरी  फेःक्लुङ्माले बुबालाई हेरेको अवस्थाको मुक्ति बनाइएको स्थानीय गैरी पाङ्माका नीरबहादुर राईको भनाई छ ।  

उहाँ ३ छोरीसहित गैरी पाङमा तथा डाँडा पाङमा गाउँबाट लगभग १ किमी दक्षिण पोके खेत नजिकै बस्थ्ये । उहाँ अजङ्गको ढुङ्गा किमाथाङ्का जोडिने कोशी राजमार्ग बाटोसँगै जोडिएको छ । उहाँ अहिले नगरपालिकाले ढुङ्गालाई घेरावारा गरेर फेःक्लुङ्गाको मुत्ति बनाइएको छ ।

No description available.

जेठी छोरी फेःक्लुङ्गा बुबाको  अवस्था बुझन दिनानुदिन त्यही अजङगको ढुङ्गामा चढेर बुझ्थिन रे । त्यो ढुङमा चढेर हेर्दा उहाँको बुबा रहेको स्थान छर्लङ देखिने गरेको भनाई रहेको छ ।