२०२३ सालमा जन्मिनु भएका धरानका सफल व्यवासायी सामाजिक अभियान्ता शिवराज श्रेष्ठ धरानमा चिनिएको नाम हो । २०२५ सालदेखि धरान बसोवास गदैं आउनु भएका श्रेष्ठले २०५८ सालमा पहिलो पटक धरान ८ स्थित बुद्ध विहारको युवा समूहको अध्यक्षमा चयन हुनुभयो । त्यसबेला बुद्ध विहार अस्तव्यस्त अवस्थामा रहेको थियो । जहिल्यै सकारात्मक सोच र केही गरौ भन्ने भावनाबाट प्रेरित श्रेष्ठले आयस्रोत केही नभएको, विजुली पंखा नभएको विहारमा देउसी भैलो खेलेर रकम संकलन गरी विजुली, पंखा जडान गर्नुभएको थियो । यतिमात्र होइन बुद्ध युवा समूहमा रहँदा युवाहरुका लागि हाजिरी जवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, खेलकुदका कार्यक्रमहरु नियमित गर्नुभयो । जसका कारण उक्त विहारका उपासक उपासिकाहरुले उहाँलाई आमन्त्रण गरिरहन्छन् । सामाजिक कामको शुरुवात यही बेलादेखि उहाँले गर्नु भयो ।

२०५९ सालमा श्रेष्ठ होटल एसोसिएसन अफ धरानको अध्यक्षको जिम्मेवारी पाउनु भयो । त्यसबेला उहाँले एउटा अठौट गर्नुभएको थियो धरानमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने । त्यस कार्यका लागि स्रोत जुटाउन उहाँले संकटकालको अवस्थामा पनि भानुचौकमा फुड फेस्टिबलको आयोजना गरी केही रकम जम्मा गर्नुभयो । सोही प्रयोजनका लागि उहाँले उपहार कार्यक्रम समेत सञ्चालन गर्नुभयो र दुई लाख पचास हजार संकलन गरी बैंकमा राख्नुभयो । त्यसबेला धरान नगरपालिकाका कार्यकारी अधिकृतमा विन्दुप्रसाद गुरागाई रहनु भएको थियो । उहाँले पर्यटन सूचना केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराइदिन आग्रह गर्नुभयो । तर अधिकृत गुरागाईले त्यो रकम नगरपालिकामा जम्मा गर्नुस हामी आफै बनाउँछौं भनेपछि एसोसिएनका सबै पदाधिकारी त्यसो हुँदैन भनेर पछाडि हँट्नुभयो । आफ्नो कार्यकालमा उहाँले नेपाल पर्यटन बोर्डमार्फत व्यवसायीहरुका लागि धेरै पटक तालिमको कार्यक्रमहरुसमेत सञ्चालन गर्नुभयो । सन् २००३ मा श्रेष्ठ धरान जेसिसको अध्यक्ष बन्नुभयो । 

अधुरो जेसिसको भवनको निर्माण कार्य स्रोत जुटाएर उहाँले पूरा गर्नुभयो । त्यसका लागि उहाँले पब्लिक हाइस्कूलमा जेसिस औद्योगिक मेलाको आयोजना समेत गर्नुभएको थियो । जेसिसका माध्यमबाट उहाँले बालबालिकाको क्षमता उजागर गर्न ट्यालेन्ट किटको आयोजना गर्नुभयो । नेपाल जेसिसले प्रशिक्षक प्रशिक्षण भन्ने कार्यक्रम देशको एक ठाउँमा मात्र दिन्थ्यो । त्यो कार्यक्रम उहाँले विराटनगरमा आयोजना गर्र्नुभयो । धरान जेसिसमा उत्कृष्ट कार्य गरेवापत नेपाल जेसिसले उहाँलाई उत्कृष्ट अध्यक्षबाट सम्मानित गरेको थियो । यतिमात्र होइन श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखामा १२ बर्ष कोषाध्यक्षको जिम्मेजारी सम्हाल्नुभयो । त्यसबेला रेडक्रसले धेरै राम्रो फण्ड राइज गर्न सफल भयो । 

उहाँ त्ष्यसै बसिरहनु हुन्न । त्यसपछि उहाँले सहकारी षेत्रमा हात हाल्नु भयो । बचत तथा ऋण सहकारी संघ सुनसरी त्यसभन्दा अगाडि एउटा टेबलमा थन्किएको थियो । त्यसलाई उहाँले एउटा ठूलो भवनमा स्थापित गर्न सफल हुनुभयो । नेपाल बचत तथा ऋण राष्ट्रिय सहकारी संघ सुनसरीको अध्यक्ष रहेर काम गरिरहनु भएको छ । नेपालमै उत्कृष्ट कार्यहरु गरेका कारण सुनसरी सहकारी संघ सम्मानित पनि भएको छ । यही असार २० गते  सुनसरी उद्योग बाणिज्य संघको निर्वाचन हुदैंछ । उहाँ अध्यक्षका सशक्त प्रत्यासी हुनुहुन्छ । सुनसरी उद्योग वाणिज्य संघमा चार कार्यकाल पूरा गरिसक्नु भएको छ । एक कार्यकाल कार्यसमितिमा, दोस्रो कार्यकाल उद्योग सचिव, तेस्रो कार्यकाल महासचिव र चौथो कार्यकाल प्रथम उपाध्यक्ष । पाँचौ कार्यकालमा आइपुग्दा उहाँले अध्यक्षमा उमेद्वारी दिनुभएको हो । कुशल, कार्यक्षमता, उद्योगी व्यवसायीहरुको हितका लागि स्पष्ट मार्गदर्शक भएका श्रेष्ठसँग यसपटक संघको अध्यक्षमा निर्वाचित भएपछि गर्नुपर्नै कामबारे उहाँले योजना बनाउनु भएको छ ।

उहाँका योजना यस्ता छन्ः 

मेरो पहिलो उद्देश्य भनेकै उद्योगी व्यवसायीलाई यहाँबाट उपलब्ध हुने सेवा प्रदान गर्नु हो । हाल साना साना व्यवसायीहरुले अडिटर लगाएर लेखा परीक्षण गर्न सकिरहेका छैनन् । यसका लागि लेखा परीक्षण परामर्श सेवा  प्रदान मेरो प्राथमिकतामा छ । उद्योगी व्यवसायीलाई कानुनी झन्झट हुँदा त्यसका लागि कानुनी सेवा परामर्श सेवा भनेर स्थापना गर्छु । कृषकहरुलाई पनि धेरै समस्याहरुले घेरेको छ त्यसका लागि कृषि विकास केन्द्र डेस्क  स्थापना गर्ने योजना छ । व्यवसायी परामर्श सेवा हेल्प डेक्स पनि सथापना गर्नेछु । व्यवसायी लगान,ि सुरक्षा, व्यवसायी सफलताबारे परामर्श केन्द्र स्थापना गर्नेृ छु । 

 महिला उद्यमी तथा व्यवसाय समिति पनि बनाइने छ । महिलाहरुले उत्पादन त गर्नुहुन्छ तर बजार पाउनु भएको छैन । त्यसका लागि सुनसरी उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने छ । उद्यमी व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रमलाई नियमित गर्छु । वस्तुगत संघहरुको अवस्था पनि त्यति राम्रो छैन, उहाँहरु पीडित हुनुहुन्छ । उहाँहरु उद्योग वाणिज्य संघको सदस्यता लिनुहुन्छ , अहिले मैले विधान संसोधन गरेर पहिला  बस्तुगत संघमा सदस्यता लिएर सुनसरी उद्योग वाणिज्य संघको सदस्यता लिने वातावरण बनाएको छु । 

निर्वाचित भएर आएपछि हरेक व्यवसायीहरुको फोन, वाट्सअप, इमले लिन्छु र सुनसरी उद्योग वाणिज्य संघले के के कार्यक्रम गर्दैछ भन्ने जानकारी गराउँछु । मैले प्रविधिको अधिकत्तम प्रयोग गर्ने सोच राखेको छु । संघलाई डिजिटल प्रणालीबाट सचलन गर्ने वातावरण बनाउने छु । यसैगरी कर सहयोग सेवाकेन्द्र स्थापना गरिने छ । कर वृद्धि होइन करको दायर बढाउन अभियान चलाउनेछु । आनतरिक राजस्व कार्यलय र व्यवसायीविच समधुर सम्बन्ध कायम राख्न पहल गर्ने छु । 

उद्योग वाणिज्य संघको मातहतमा एउटा प्रदर्शनी स्थल हुनुपर्छ भन्ने मेरो मानयता छ । त्यसका लागि मेरो पहल हुनेछ । यस प्रर्दशनी स्थलमा कहिले जुत्ताको मेला लगाइदियो, कहिले एक महिना खाद्यानको, एक महिना कपडाको, एक महिना कस्मेटिकको लगाउन सकिन्छ । यसले व्यवसायीको आम्दान िबढाउने छ । उपभोक्ताहरुले पनि सहज रुपमा सामान पाउनेछन् । 

उद्योग वाणिज्य संघका समस्याहरु 

समस्या भनेकै उद्योगी व्यवसायीलाई दिने सेवाहरु नपाउनु नै हो । व्यवसायी परामर्श सेवा, कानुनी सेवा, लेखा परीक्षण सेवा, कर सहयोग सेवा, व्यवसाय सूचना सेवा । यस्ता सेवाको अभाव छ । यि सबै समस्याको समाधान गर्ने मेरो योजना छ । एक बर्ष भित्र यि सबै  सेवा सुनसरी उद्योग बाणिज्य संघबाट व्यवासयी, उद्योगीहरुले पाउनु हुने छ । 

उद्योगी व्यवसायीहरुलाई गुनासो गर्ने ठाउँ राख्दिन 

उद्योगी व्यवसायीहरुको गुनासो भनेको उद्योग वाणिज्य संघको सदस्यता किन लिनु र के हुन्छ भन्ने नै छ । सदस्यता लिए पछि यहाँबाट सेवा सुविधा पाइन्छ भन्ने अनुभूत गराउने छु । । उहाँले उद्योग बाणिज्य संघले व्यापार चलाउने पैसा, उद्योग खोल्ने पैसा मागेका होइनन् । संघको सदस्यता बने पछि परामर्श सेवाको आशा गरेका हुन्छन् । अव त्यो मेरो कार्यकालबाट शुरु हुने छ ।

मतदातालाई अपिल 

म विभिन्न संघ संस्थामा काम गरेर आएको व्यक्ति हुँ । मैले जहाँ जहाँ काम गरे राम्रै काम गरेर आएको छु भन्ने मलाई लाग्छ । म कही आर्थिक झमेलामा परेको छैन् । पारदर्शितामा म जहिल्यै ध्यान दिन्छु । मलाई एक पटक अवसर दिनुहोस् । साँच्चै नै सुनसरी उद्योग वाणिज्य संघलाई नेपालको उत्कृष्ट संघ बनाएरै छाड्छु । उद्योगी व्यवसायीहरुका साना समस्यालाई सुल्झाउने छु । यो मेरो प्रतिज्ञा हो । 

१५ विषयका यि सेवा केन्द्र


१। लेखा परीक्षण सेवा केन्द्र

२। व्यावसायिक परामर्श केन्द्र

३। कानुनी परामर्श केन्द्र

५। कृषि उद्यम विकास केन्द्र

४। महिला उद्यमी तथा व्यवसायिक विकास केन्द्र

६। कर सहयोग सेवा केन्द्र

७। व्यावसायिक विकास तथा सूचना केन्द्र

८। विपद व्यवस्थापन तथा सूचना केन्द्र

९। उद्यम सेवा केन्द्र

१०। व्यावसायिक  नेतृत्व क्षमता विकास ।

११। वस्तुगत संघसंस्थाको व्यवसायिक ,क्षमता र नेतृत्व विकास केन्द्र ।

१२। पर्यटन सूचना केन्द्र ।

१३। नापतौल , गुणस्तर परीक्षण तथा सेवा केन्द्र  ।

१५। कर र बैंकिङ क्षेत्रका समस्या सहजीकरण हेल्प डेक्स ।

 सरकार र संघबीच सहकार्य

उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहानेहरुको कमी नभएपनि लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता नभएका कारणले यहाँबाट लगानी पलायन भइरहेको छ । त्यो समस्याको समाधान स्थानीय तहका सरकार, संघ र प्रदेश सरकारसँगको सहकार्यमा लगानीका क्षेत्रहरुको खोजी र त्यसको सुरक्षाको ग्यारेण्टी गरेर पर्यटन क्षेत्र सहितका सेवा क्षेत्र र उत्पादनका अन्य क्षेत्रमा “पब्लिक प्राइभेट पार्टनरसीप को अवधारणाका  आधारमा चालु आर्थिक वर्षदेखि काम शुरु गरिने छ । 

महंगी नियन्त्रणको उपयाको खोजी

दिनानुदिन आकाशिंदो महंगीलाई नियन्त्रण गर्न व्यवसाय भित्रका समस्याहरुको खोजी हुने गरेको छैन तसर्थ  कतिपय क्षेत्रमा देखिएको समस्या ढुवानी, यातायात लगायतका क्षेत्रमा कसरी सरल र सहज ढंगले सेवा दिई बढदो महंगीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने खोजी गरि सरल मूल्यमा जनतालाई सेवा प्रदान गर्न सकिन्छ भन्ने उपायको खोजी गरी त्यसको समाधान गरिने छ ।

पालिका र जिल्लाको राष्ट्रिय सन्जाल

सुनसरीका विभिन्न क्षेत्रको विकासका लागि धरान, इटहरी, इनरुवा, दुहवी, बराहक्षेत्र, रामधुनी लगायतका पालिकाहरुलाई छुने गरि विद्युत र सञ्चार सहितका सुविधाको उपभोग गर्न सकिने गरी राष्ट्रिय राजमार्गहरुको पहुँचमा जोड्न संघको तर्फबाट पहल गरिने छ  ।

 ठूला आयोजना र लगानी भित्र्याइने

जिल्लाको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने सप्तकोशीमा जल पर्यटन, धरान, भेडेटार, वराहक्षेत्र, इटहरी लगायतका क्षेत्रमा ठूला पर्यटन केन्द्र र उत्पादनका क्षेत्रमा लगानी गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय  लगानी कर्ताहरुलाई बोलाई लगानीका लागि प्रेरित गरिने छ । लगानी सम्मेलन मार्फत त्यस्ता लगानी कर्ताहरुलाई बोलाई यहाँको संभाव्यताबारे जानकारी र अभिप्रेरणा जगाइने छ ।

 व्यवसायीहरुको लगानी उपहार

स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा यहाँका व्यवसायीहरुलाई पनि आफ्नो जिल्लाको विकासमा लगानी गर्न उत्प्रेरित गर्दै मझौला र ठुला आयोजनाको छनौट गरी लगानी गरी यहाँका जनतालाई उपहारका रुपमा प्रदान गरिने वातावरण बनाइने छ ।  उद्योग वाणिज्य संघले पदेन प्रतिनिधित्व गर्ने निकायहरु मध्ये धरानको खानेपानी व्यवस्थापनमा निर्णायक भूमिका स्थापित गरिने छ ।  जिल्लाका धरानलगायत स्थानीय पालिकाहरुले तयार गरेका ठूला परियोजना सम्पन्न गर्न साथै आवश्यकता अनुसार थप ठुला परियोजना तयार गरी लगानी सम्मेलनको सम्योजन गर्दै पीपीपी अवधारणाको नेतृत्व गरिनेछ ।  धरान ६ मा निर्माणाधीन औद्योगिक ग्राम सम्पन्न गरि नयाँ औद्योगिक विकासका लागि विभिन्न निकायहरुमा संयोजन गरिनेछ ।