चन्द्र न्यौपाने सञ्चार क्षेत्रमा विर्सन नसकिने नाम  हो । २०७८ जेठ १४ गते आज कै दिन हामीले उहाँलाई गुमायौं । कोरोना सङ्क्रमण पुष्टि भए पछि उहाँलाई विराटनगरको विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँबाट उहाँ फर्केर आउन सक्नु भएन । उहाँ हामी माझ कहिल्यै नफकिने गरि जानु भयो  ।
विशेष गरेर प्रदेश १ को सञ्चार क्षेत्र र नेकपा एमालेमा उहाँ विर्सन नसकिने नाम हो । सहयोगी, मिलनसार, कुसल संगठक, नेतृत्वदायी क्षमताका धनी न्यौपाने हामी सबै सम्झिरहन्छौं ।
सप्तकोसी एफएमका निर्देशक, स्टेसन मेनेजर चन्द्र न्यौपाने हाम्रा अभिभावक मात्र हैन् नेपालकै व्यावसायिक रेडियोहरूकै अध्यक्ष हुनुहुन्थ्यो, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान)को महासचिव हुँदै अध्यक्ष हुनुहुन्थ्यो । रेडियोहरूको व्यावसायिकता अभिवृद्धि र रेडियोका समस्या सरकारसम्म पु¥याएर समाधान गर्नमा उहाँको उल्लेख्य भूमिका थियो । रेडियो कसरी चलाउनु पर्छ भन्ने एउटा उदाहरण यहाँ हुनुहुन्थ्यो । उहाँको अभावमा सप्तकोसी एफएम इटहरी अहिले खस्किएको छ । उहाकोँ अभाव त्यहाँ प्रतयक्ष देखिएको तमाम रेडियोकर्मीहरुको अनुभव छ ।
उहाँ एक चतुर राजनीतिक खेलाडी पनि हुनुहुन्थ्यो । सानैदेखि टाठो हुनुहुन्थ्यो । चिटिक्क परेर हिँड्नुपर्ने र मुसुक्क हाँसेरमात्रै बोल्ने बानी, सबैसँग मिल्ने र सबैलाई मिलाएर लैजाने उहाँको स्वाभाव थियो । त्यसैले पनि हामी उहाँलाई हरेक अप्ठ्यारा, संगठनका समस्या, पत्रकारहरुका गुनासा र सञ्चार क्षेत्रका समस्यामा सम्झन्छौंर आवश्यकतामहसुस गछौं ।
उहाँसँगको सम्बन्ध
 २०६३ बैशाख २६ गते म सप्तरीबाट धरान आए । ब्लाष्ट दैनिकको समाचार डेक्समा मैले जिम्मेवारी सम्हालेसँगै उहाँसँग चिनचाज भएको थियो । त्यति बेला सुनसरीमा  प्रेस चौतारीका नेताहरुमा किशोरकुमार कार्की, चन्द्र न्यौपाने, कृष्णविनोद लम्साल दाईलगायतहरु हुनुहुन्थ्यो । म सप्तरीबाट आएको नयाँ मान्छे । सुनसरीमा चिनाउन चन्दै न्यौपाने, किशोरकुमार कार्की र भीम ज्वाला राईको ठूलो योगदान थियो । उहाँहरुको प्रेरणामा सकृय पत्रकारितासँगै संगठनमा काम गरियो । आज म जुन अवस्थामा छु संगठानिक हिसवाले त्यो योगदानको हिस्सा चन्द्र न्यौपानेमा पनि छ । सुनसरीको प्रेस चौतारीको संगठन निर्माणमा उहाँको ठूलो योगदान छ । संगठनबाट पत्रकार महासंघमा नेतृत्वका लागि उहाँले सबै संगठनहरुसँग सहकार्य गर्नु हुन्थ्यो । जिल्ला, प्रदेश र केन्द्रसम्म कसरी साथीहरुलाई सहभागिता गराउने भन्ने् विषयमा उहाँको उल्लेखीय भूमिका रहन्थ्यो । सप्तकोशी एफएमको उहाँको चेम्वरमा पत्रकार महासंघ, संगठन र पार्टीका योजनाहरु बन्थ्ये । त्यहाँ बनाएका योजना प्रायः सफल हुन्थ्ये । आज उहाँको अनुपस्थितिमा यस्ता योजना निर्माण, सहकार्य खड्किएको छ । नेतृत्वको अभाव भएको छ । पूर्वका एक जना बरिष्ठले प्रेस चौतारीको केन्द्रीय महाधिवेशनमा उहाँको स्थान लिन प्रयास गर्नु भयो तर भाती नपु¥याउदा उहाँको योजना विफल भयो । ती बरिष्ठले आफ्नो स्वार्थानुकुल योजना बनाउनु भयो । त्यही भएर असफल हुनु भयो । तर चन्द्र न्यौपाने कहिल्यै आफ्नो स्वार्थमा काम गर्नु भएन । पार्टी, संगठन र संस्थाको स्वार्थमा उहाँको भूमिका रहन्थ्यो । व्यवसायीकताको कुरा गर्दा सप्तकोशी एफएम पूर्वको टप भएको थियो । देश मै चिनिएको थियो । आफ्नै तीन तलाको भवन बनेको थियो । देश विदेशबाट कार्यक्रमहरु ल्याएर पूर्वका धेरै पत्रकारहरुलाई रोजगार दिनु भएको थियो । उहाँ यस संसारबाट विदा लिए पछि ती काम सप्तकोशी एफएमले गर्न सकेको छैन् । चन्द्र न्यौपानेले बनाईदिएको ‘गुडवील’ बचाएर राख्न एफएमलाई हम्मे परेको छ ।
वास्तावमा चन्द्र न्यौपाने पूर्वेली पत्रकार, सञ्चार उद्योगी र राजनीतिककर्मीहरुका लागि आँखामा राखे पनि नविझाउने मान्छे हुनुहुन्थ्यो । सबैसँग सहकार्य गर्ने, राम्रो काम गर्नेलाई प्रोत्सोहान गर्ने, सान्तोना दिने, उन्नती प्रगतिका लागि बाटो देखाउने अरु कोही थियो भने त्यो चन्द्र न्यौपाने नै थियो । आफ्नो परिवारलाई भन्दा बढि समय संगठन र संस्थालाई दिनु हुन्थ्यो । उहाँको यही विदेशताले आज हाम्रो मन मनमा बस्नु भएको छ । भनिन्छ असल मान्छेलाई प्रकृतिले पनि सहन सक्दैंन् । जो समाजका लागि चीर स्थायीत्वका आवश्यक छ, त्यही मान्छेलाई दैवले पनि आँखा लगाउदो रहेछ । त्यही भइदियो ।
 विभिन्न क्षेत्रहरूमा आफनो छुट्टै पहिचान स्थापना गर्न सफल व्यक्तित्व चन्द्र न्यौपानेले ताप्लेजुङको ढुङ्गेसाँघु–९ ठोटनेमा २०२७ साल फागुन ११ गते जन्मनु भएको थियो । उहाँमा असल चरित्र हुनुमा जननेता मदन भण्डारीसँग पनि जोडिनुहुन्छ । उहाँको  जन्मघरनजिकै पर्छ । उहाँहरुले एउटै धाराको पानी खानु भएको थियो । एउटै घाम ताप्नु भयो । त्यसो भएका कारण पनि उहाँ एउटा सफल र कुसल व्यक्तित्वमा दरिनु भएको थियो ।
राजनीतिक यात्राको क्रममा नै उहाँको विवाह २०५५ सालमा अनिता गुरागाईसँग भएको थियो । उहाँका अनमोल र अनुष्का गरी एक छोरा, एक छोरी हुनुहुन्छ ।  चन्द्र न्यौपानेको जीवनका पानाहरू पल्टाएर हेर्ने हो भने उहाँ कसैसँग कुनैकाममा हार्न नजान्ने मान्छे हो । जीवनको कुनै पनि मोर्चामा उहाँ कहिल्यै हार्नुभएन । रेडियो व्यवस्थापन, राजनीतिलगायत क्षेत्रमा उहाँले बनाएका योजनाहरू सफल भए । प्रभावकारी र अनुकरणीय बने । तर दुर्भाग्य उहाँ मृत्युसँग हार्नु भयो । त्यसैले त आज उहाँको अभावमा हामी मार्ग खोजिरहे छौं । हामी हिड्ने गोरेटोमा उहाँको अभाव व्यहोरिरहेका छोैं । हामलिे बनाउने योजना, संगठन निर्माण, पत्रकारजन्य मोर्चामा उहाँको अभाव खट्किएको छ ।
चन्द्र न्यौपाने स्थानीय स्तरदेखि केन्द्रसम्म सीधा पहुँच राख्न सक्ने क्षमता भएको मान्छे हो । राजधानीबाट पूर्व आउने नेताहरुको खोजीमा पहिलो नं.मा उहाँ पर्नुहुनथ्यो । राजधानीतिर कुनै काममा जाँदा नेता भेट्दा चन्द्र न्यौपानेको नाम लिनु पथ्र्यो । उहाँले त्यो पहुँचलाई व्यक्तिगत लाभका लागि कहिल्यै प्रयोग गर्नुभएन । लाभको पदमा पनि उहाँ जीवन भरीजानु भएन । पछिल्लो समय केपी ओली सरकारले विज्ञापन बोर्डको सदस्य बनाएको थियो । त्यो बाहेकका उहाँले लाभको पद कही ग्रहण गनुृ भएको थिएन ।  पत्रकार महासंघको निर्वाचनमा उहाँको भूमिका महत्वपूर्ण हुने गरेको थियो । उहाँ महासंघको सदस्य भने बन्नु भएको थिएन् । उहाँले मलाई नेतृत्वमा पु¥याए पछि सदस्यता लिने प्रतिज्ञा गर्नु भएको थियो । अपसोच त्यो प्रतिज्ञा पुरा हुन सकेन । २०७७ चैत्रमा म प्रदेश पत्रकार महासंघको सचिवमा निर्वाचित भए । उहाँ केही दिन अर्थात जेठ १४ गते विदा लिनु भयो । उहाँले पत्रकार महासंघको सदस्यता नलिई विदा हुनु भयो । उहाँलाई संस्थामा आवद्धता गराउन नपाएकोमा पछुतो छ ।
उहाँको अनुपस्थितिले सप्तकोशी एफएम शुन्य भएको छ । उहाँ नहुदाका छलफल, चहलपहन शुन्य भएका छन् । कतिपयले एफएम टेकेका छैन् । म स्वयम बर्षम एक सय पटक पुग्ने मान्छे उहाँको निधन पछि एक पटक पुगेको छु ।
चन्द्र यौपानेको अभाव परिवारलाई, नेपालका रेडियोलाई, समाजलाई, सङ्गठनलाई र पार्टीलाई खड्किरहेको छ । उहाँको भौतिक शरिर नभएको एकबर्ष विति सकेको छ । समाजलाई योगदान दिने यस्ता व्यक्तिको सम्झानामा हामीले केही गर्न सक्नु पर्छ । उहाँको योगदानलाई सधै जीवन्त राख्न प्रेस चौतारी नेपाल, सप्तकोशी एफएम, नेकपा एमाले सुनसरीले आवश्यक पहल कदमी गर्नु वाञ्छानिय हुने छ ।
अन्त्यमा चन्द्र न्यौपाने आज हामी माझबाट अस्ताएको एकबर्ष वितेको छ । व्यक्तिगत तथा संगठानात्मक जीवनमा उहाँले दिएको योगदान  मसँधै सम्झिरहने छु । तपाईले पु¥याएको योगदान, सहयोगको यो समाज, संगठन र हामी सधै ऋणी हुने छौं । तपाईप्रति हार्दिक श्रद्धाञ्जली बाहेक अरु हामीसित केही रहने । केवल श्रद्धाञ्जली ।