दोषी विवेकलाई आज अदालती फैसला सुनाइयो।
दोस्रो विवाह गरे वापद पहिलो श्रीमती लीलाले
न्याय पाइन्।
सबैले सन्तोषको श्वास लिए ,विवेकको इच्छाअनुसार मात्र एउटा प्रश्नको उत्तर चाहन्थे उ, जज साहबको अघि बन्द कोठाभित्र।
विवेक-"लीला !यो मेरो दोस्रो विवाह तिम्रो इच्छा,चाहना, जबर्जस्ती, र पूर्ण सहमतिमा
मात्र भएको थियो तिम्री आफ्नै साथीसँग, तर आज किन यसरी मलाई दुनियाँको समक्ष दोषी ठहर्यायौ?"
"सक्यौ भने मलाई क्षमा गर विवेक ।
तिमीलाई मैले स्वीकार्नै सकिन , मेरो पहिलो प्रेमलाई
बिर्सनै सकिनँ।
म एकजना नारी भएकी हुनाले परिवारको विरुद्धमा गई डिभोर्स गरी समाजको लाञ्छना सहने हिम्मत मसित थिएन , तथापि तिमी पुरुष हौ, तिमीमा मर्यादा नाघ्ने हिम्मत हुन्छ यसैले•••••••।"
शुन्य कोठाभित्र जजले विवेकलाई हेरिरहन्छ बस हेरिरहन्छ दुई पुरुष एकाअर्कामा मौन प्रश्नहरू तेर्साउँदै मर्यादा लाञ्छनाबाट भाग्ने नारीको अदृश्य अन्याय माथि अदालतको न्याय सही हो वा गलत ??