धरान / धरान बजारको दृष्यावलोकन गदैं पारिवारिक वातावरणमा रमाउन सकिने धरानमा नयाँ ट्री हाउस होटल एण्ड लज खोलिएको छ ।
धरान बजादेखि करिव २ किमी माथि पर्ने धरान–१३ स्थित सारङगाा डाँडामा शुक्रबार ट्री हाउस एण्ड लज शुरु गरिको हो ।

धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेले उक्त होटलको उद्घाटन गर्नु भएको छ । आन्तरिक तथा वाहिय पर्यटकहरुलाई धरानमा रमाउन यस होटलले सहयोग गर्ने वडाध्यक्ष काफ्लेले बताउनु भयो ।

डाँडाको शान्त वातावरणमा ५ कट्ठा जमिनमा धरानका युवा व्यवसायीहरु नरहरी तिम्सिना र लक्ष्मी बानियाले ट्री हाउस सहितको होटल एण्ड लज सञ्चालनमा ल्याउनु भएको हो । खानबस्नका लागि आकर्ष भवन बनाइएको छ । होटलमा आउने ग्राहकका लागि रिसोर्टमा एउटा तीन तल्ले पक्की भवन छ । पक्की भवनको पूर्व पट्टी रहेको एक रुखमा तीन तल्ले फलामको सपोर्टमा ट्री हाउस निर्माण गरिएको छ । त्यहाँ फोटो खिच्न मिल्लने, घुम्न सकिने गरि डिजाइन गरिएको छ । पछिल्लो समय धरानमा ट्रि हाउसको कन्सेप्ट बढेको छ । यसले आन्तरिक पर्यटकहरुलाई निकै आकर्षण गदैं आएको छ ।

एक महिना अघि नै सञचालनमा आए पनि औपचारिक उद्घाटन भने शुक्रबार गरिएको हो । एक महिना अघिदेखि ट्रि हाउसमा फोटो खिच्ने, टिकटक बनाउने आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको होटल सञ्चालक नरहरी तिम्सिनाले बताउनु भयो ।

जग्गा भाडामा लिएर ५० लाखको लगानीमा ट्रि हाउस होटल एण्ड लज सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो । धरान–९ मा गितमा सानो घुम्ती खाजा घर चलाउनु भएको तिम्सिनाको आचार्य लाइनमा भव्य होटल पनि छ ।
चिसो मौसममा रमाउन आन्तरिक तथा बाहिय पर्यटकहरुलाई आर्कषित धरानमा आकर्षि गर्न साथप्ीसँग मिलेर ट्री हाउस सञ्चालनमा ल्याइएको सञ्चालक तिम्सिना बताउनु हुन्छ ।

ट्री हाउसमा ६ कोठाको सुविधा सम्पन्न लज छ । पलापले सपोर्ट दिएर तिन तल्लामा निर्माण गरिएको ट्री हाउसमा ३० जनासम्म बसेर धरान बजारको दृश्य अवलोकन गर्दै डिनर गर्न सकिने व्यवस्था गरिएको छ । पर्यटकहरुलाई तस्बिर कैद गर्नका लागि ६० फिट अग्लो भ्यु टावरसमेत निर्माण गरिएको छ । जहाँबाट धरानको दृष्य देख्न सकिन्छ । यहाँबाट धरानको पछिल्लो समयकोआकर्षक गन्तव्य चिण्डेडाँडा, बाघखोप, विष्याुपादुका, धरान बजारको दृष्य, विजयपुर, दानावारी तथा इटहरी तराहरालगायत तराईको सुन्दर फाँटको अवलोकन गर्न सकिन्छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका वडाअध्यक्ष काफ्लेले पर्यटकहरुलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । सेवा भावले पर्यटकहरुको संत्कार गर्न उहाँले अनुरोध गर्नु भयो । पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राईले लकडाउनको बेला पनि लगानी थप गरेर मुलुकलाई समृद्धिको यात्रामा अघि डोर्याउन सहयोग पुगेको बताउनु भयो ।
होटल एशोसियशन धरानका पूर्व अध्यक्ष सुबर्ण श्रेष्ठले ट्री हाउस संचालनले धरानको होटल व्यवसायमा थप टेवा पुग्नुका साथै पर्यटकलाई आर्कषित गर्न थप मद्धत पुगेको जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा धरानका राजनीतिक दलहरुका नेता,व्यवसायी, उद्योगीहरुको उपस्थिति रहेको थियो ।241631987_3131283850435602_5996180334841404908_n

241790233_3131284007102253_35564579135770632_n 241753047_4469552109734414_726637328763108610_n