दैनिक १० मिनेटको हल्का व्यायामले मष्तिष्कलाई तन्दुरूस्त बनाउने एक अध्ययनबाट पत्ता लागेको छ । यसले मष्तिष्कको विभिन्न भागलाई सञ्चार गराई समन्वय गरेर स्मृति प्रक्रियामा
सुधार गर्छ । एक न्युरोलोजिकल अध्ययनका अनुसार आफ्नो मष्तिष्क स्वस्थ राख्न लामो तथा तीव्र व्यायामको आवश्यकता पर्दैन र त्यसको असर हामीले सोचेभन्दा धेरै पर्ने देखिन्छ ।
व्यायामले हाम्रो दिमाग र मष्तिष्कलाई परिवर्तन गर्छ । विभिन्न नतिजाले यसको पुष्टि भइरहेको छ । मुसाहरूमा गरिएको अध्ययनअनुसार जनावर जब पाङ्ग्रा वा टे«डमिलमा कुद्छन् व्यायाम नगरेकोभन्दा पनि धेरै मष्तिष्क कोषिका विकास हुन्छन् । धेरै नयाँ कोषिका हिप्पोक्याम्पसमा विभाजन हुन्छन् । हिप्पोक्याम्पस भनेको मष्तिष्कमा रहेको एक भाग हो जुन स्मृति निर्माण र भण्डारणको लागि आवश्यक हुन्छ ।byamma
त्यसैगरी क्रियाशील जनावरहरू सिकाइ र स्मृतिमा पनि राम्रो प्रदर्शन गर्दछन् । विभिन्न अघिल्लो अध्ययनले पनि जो नियमित व्यायाम गर्छन ् । उनीहरूको हिप्पोक्याम्पस स्वस्थ्य र फराकिलो भएको देखाएका छन् । विभिन्न अध्यययहरूले हामीले केही नगर्दा र एक छिनको व्यायामले फरक पार्ने बताएका छन् । हल्का व्य( ायामले एकाग्र र राम्रो सिकाइको लागि मद्दत गर्ने देखाएका छन् । एउटै सजिलो व्यायामले पनि मष्तिष्कलाई परिवर्तन गर्न सक्छ । युनिर्भसिटी अफ क्यालिफोर्निया र युनिर्भसिटी अफ सुकोबा जापा( नको प्रोसेडिङ्ग्स अफ द नेसनल एकडेमी अफ साइसेन्जले सेप्टेम्बर मा स्वस्थ्य विद्यार्थीहरूलाई एउटा समूहमा राख्यो । जो नियमित कले ज आउँछन्, उनीहरूलाई समूहमा राखिएको थियो । वैज्ञानिकहरूले ३६ जना विद्यार्थीलाई प्रयोगशालामा स्थिर साइकलमा १० मिनेट बस्न लगाए र अर्को चोटी विस्तारै साइकलको प्याडेल हान्न लगाए । प्रत्येक स्वयंसेवकको अधिकतम हृदय दरको ३० प्रतिशत व्यायाम गराइएको थियो । व्यायाम एकदम सजिलो थियो ।
व्यायाम छोटो केवल १० मिनेटका लागि मात्र थियो । त्यो दुईवटा सेसनका बीचमा विद्यार्थीलाई विभिन्न चित्र तथा एउटै चित्र देखाउँदै कम्प्युटरमा स्मृति परीक्षण गरियो । विद्यार्थीहरूले बटम थिचेर एउटै चित्र वा फरक चित्र देखेँ भनेर जनाउँथे । पर ीक्षण गाह्रो थियो किनकी धेरै चित्रहरू उस्तै उस्तै देखिन्थे । त्यसका लागि दिमाग छिटो छिटो चलाउनुपर्ने थियो कि चित्र एउटै हो कि नयाँ भनेर ।
त्यसपछि अर्को चरणमा यस्तै परीक्षण गरियो । एउटा बाइक चलाउने र अर्को बस्ने मात्र । अनि स्मृति परीक्षण पनि गरियो । यसमा चाहिँ मष्तिष्क परीक्षणका लागि एमआरआई मेसिन प्रयोग गरियो । त्यसपछि अध्ययनकर्ताहरूले नतिजा तुलना गरे । जसले साइकल चलाएका थिए, उनीहरूको स्मृति राम्रो भएको पाइयो । व्यायाम गरेका व्यक्तिहरूको स्मृति राम्रो पाइयो ।
यस अध्ययनका सिनियर लेखक माइकल यसा भन्छन् त्यति छोटो समयमा गरिएको हल्का व्यायामले पनि यत्ति छिटो प्रभाव पार्ने रहेछ छक्क प¥याँै । उनी भन्छन्, ‘अध्ययनले के देखायो भने हल्का व्यायामले मान्छेको मष्तिष्क र दिमागलाई एकैछिनमा परिवर्तन गर्ने रहेछ । १ हप्ते लामो व्यायाम नै जरूरी हुनुपर्ने भन्ने भएन ।’ कसरी हल्का व्यायामले मष्तिष्क सञ्चालनमा प्रभाव पर्न गयो अझै थाहा भइसकेको छैन तर माइकल र उनका साथीहरूले के शङ्का गरेका छन् भने हार्मोन लेभल र रगतको प्रवाहमा परिवर्तन आउनाले त्यसो भएको हो ।
बालबालिकाको डाक्टर साथी पुस्तकबाट