धरान / नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा बिहिबार धरान–१६ स्थित तारा सुब्बा स्मृति पार्क परिसरमा वृक्षारोपण गरिएको छ ।

218384000_508247696944186_6560104589384457147_n

युवा संघ नेपाल धरान उपमहानगर कमिटीको आयोजनामा धुपीलगायतका विभिन्न प्रजातीका १२० थान विरुवा रोपिएको युवा संघ नगर अध्यक्ष कुमार भारतीले जानकारी दिनु भयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष रमेश बस्नेतको उपस्थितिमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा एमालेका प्रदेश जिल्ला, नगरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । संस्थापक नेताको स्मृति दिवसमा सृर्जनात्मक काम गरौ भन्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम राखिएको युवा संघ नेपालका जिल्ला अध्यक्ष व्रह्मज्ञ भट्टराईले जानकारी दिनु भयो ।
जिल्ला अध्यक्ष बस्नेतले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गदैं युवाहरुले उहाँको स्मृति दिवसमा वृक्षारोपण गरेर राम्रो काम गरेको बताउनु भयो ।221463930_518119656104638_3808776975603599947_n
यता एमालेको ओली समुहले जलधार क्षेत्रमा वृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको नेतृत्वमा दुई हजार विरुवा रोपिएको संघले जनाएको छ ।
एमाले नेता मुरारी सुवेदीले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस पारेर सुनसरी जिल्लाको शिर सर्दु जलाधारको संरक्षण र पुर्नताजगी गर्न वृहत वृक्षारोपण गरिएको बताउनु भएको छ । कार्यक्रममा धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीकोसमेत उपस्थिति रहेको थियो ।

 

manju Untitled-2 copy