सरसफाई र खानामा राम्ररी ध्यान नदिंदा पेट दुख्ने गर्छ । बालबालिकाहरुले आफ्नो ख्याल आफै गर्न सक्दैनन् त्यसै ले अभिभावक घर परिवारले बालबालिकाको राम्रोसँग सरसफाई गरि दिनु पर्नेमा ध्यान दिने गर्नुपर्छ । बालबालिकाको पेट के कारणले दुखेको भन्ने कुरा थाहा नपाईकन कुनै प्रकारको दबाइ खाना दिन हुदैन ।
बच्चाहरुलाई पेट दुख्नुको विभिन्न कारणहरु यस्ता छन्ः
झाडापखाला रोगः
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । झाडापखाला विषाणु, जीवाणु र पर जीवीका कारणबाट लाग्न सक्छ।बच्( चाको पेटको समस्यामध्ये भाइरल डाइरिया सबैभन्दा बढी देखिन्छ । बालबालिकाहरू रोगसँग लड्न सक्ने क्षमतासमेत कम हुने भएकाले यसको संक्रमण बढी देखिने गरेको हो । प्रदूषित वातावरण, फोहोर पानी, सागसब्जी र फलफूल पखालेको पानीका कारण रोटा भाइरसको संक्रमण दर बढेको हुनु पर्छ । झिंगामार्फत पनि यो भाइरस सर्न सक्छ । फोहोर छोएर हात नधोई खाना खायौं भने त्यो पेटमा जान्छ । यदि फोहोर धेरै छ भने झिंगामार्फत पनि यो भाइरस सर्न सक्छ । यो दिसा पिसाबसँगै अन्य फोहोरमा रहने किटाणु हो । झिंगा बसे को, बासी, नछोपेको खाने पिउने चीज नखाने । हात धोएर मात्रै खाने, खुवाउने गर्नुपर्छ ।बच्चालाई सफा राख्नुपर्छ । घरको वातावरण सफा राख्नुपर्छ ।पानी उमालेर मात्रै पिउनुपर्छ । फलफूल राम्रोसँग पखालेर खानुपर्छ । बासी, तारेको भुटेको पिरो मसालेदार खाने कुरा तथा गहुँबाट बनेको खाद्य पदार्थ नखाने । रोटा भाइरसविरूद्धको भाक्यासिन लगाउनुपर्छ । अमिलो, आलु, भण्टा कोबी,अचार नखाने !बच्चा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने । खान खानु वा खुवाउने अघि सावुन पानीले हात र ाम्ररी धुने गर्नुपर्दछ । बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ ।
सरसफाईमा परिवारका सवै सदस्यहरुले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्दछ! । अहिले नेपालमा रोटाभाइरसको भ्याक्सिन पनि पाइन्छ ।

abdominal-pain
हेपाटाइटिस एः
हेपाटाइटिस ए दिसाको माध्यमबाट सर्ने रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गरेको पाइन्छ । यी महामारीमूलक हेपाटाइटिस गर्मी मौसममा बढी देखिन्छन् । ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि यसका प्रमुख कारण हुन् । शरीरमा हेपाटाइटिस ए विषाणु प्रवेश गरे को २–४ हप्तामा जन्डिसलगायतका लक्षण तथा चिह्नहरुदेखिन थाल्दछ । बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ, बिरामीलाई आराम अत्यन्तै आव( श्यक हुन्छ, जथाभावी जडीबुटी तथा एलो पेथीका औषधिले ज्यान जानसक्छ किनकि कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ । तपाईंहरुलाई यो अवगत नै छ कि हामीले प्रयोग गर्ने प्रायः औषधिहरु कलोजोको माध्यमबाट पच्ने हुन्छ । व्यक्तिगत शुद्धता र सरसफाइ विशेष गरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनुपर्दछ । उमालेर र जीवाणुनाशक औषधि प्रयो ग गरेर पानी खानुपर्दछ । राम्ररी पकाएको खानेकुरा खानुपर्दछ । बिरामीले प्रयोग गरे का कपडाहरु राम्ररी घाममा सुकाएरमात्र प्रयोग गर्नुपर्दछ । सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ । घर वरिपरिको ढल निकासलाई व्यवस्थित पादै जानुपर्दछ । बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । गा( उँघरमा जन्डिस झार्ने भनेर टाउकोमा काँसको बटुका राखी अण्डा घोलेर मन्त्र पढे जस्तो गर्ने अनि घोलिएको अण्डा देखाएर जन्डिस झर्यो भन्ने कुसँस्कार एकदमै गलत हो ।हेपाइटिस ए को मात्र खोप उपलब्ध छ । खोप लगाउन सकेमा दीर्घकालमा हुने क्षतिबाट बचाउन सकिन्छ ।

कब्जियतको समस्याः
दिसा साह्रो र गोटा परेको हुन्छ,३ दिनदे खि बढी समय दिसा हुदैन!दिसा गर्दा बच्( चालाई पिडा हुन्छ । बच्चाले लामो समय शौचालयमा बिताउछ!दिसाले गर्दा मलद्वारमा च्यातिएर रगत आउन सक्छ । पेट नराम्ररी दुख्छ, दिसा गरेपछि पेटको दुखाई सन्चो हुन्छ!दिनको ३ पटक देखि २ दिनमा १ पटक सामान्य बच्चाले दिसा गर्नु पर्दछ।दुध बाहेक सामान्य खाना खान थालेपछि बयस्क जस्तै दिसाको तालिका हुन थाल्दछ!प्रत्येक ४(५ दिनमा दिसा गर्ने बच्चालाई बढि पिडादायक हुन्छ र सामान्यता दिसा गर्दा पिडा हुनु हुदैन! बच्चाले पिडाको गुनासो गर्ने बित्तिकै उपचार शुरु गर्नु पर्दछ । १ महिना माथिको स्तनपान गर्ने बच्चाले ४–७ दिनमा दिसा गर्छ र दिसा गर्ने बेला कुनै दुखाइ बिना कमलो र धेरै मात्रामा दिसा निकाल्छ भने त्यो सामान्य मान्नु पर्दछ।थुप्रिएर बसेको दिसालाई पूर्ण
रुपमा बाहिर निकाल्ने,दिनहु पेट खलास पारेर दिसा बाहिर निकाल्ने दिनहु शौच बस्ने बानि लगाउने,फाइबर युक्त आहार को र तरल पदार्थ सेवन गर्ने बानि बसाल्ने प्राय बच्चामा खाना र दैनिक जिबनशैली परिबर्तन गर्दैमा कब्जियत ठिक हुन्छ ।
कब्जियतको समस्याले सताही रहेको हुन्छ र पेट दुख्ने गर्छ ।

ग्यास्ट्रिकः
आज भोलि बच्चाहरु घरमा बनाएको खानेकुरा भन्दा बाहिरी खानेकुराहरु बडी मात्रामा खाने गर्छन् । प्राय बच्चा खेल्नको ध्यानले गर्दा समयमा खाना खाने गर्दैनन् जसले गर्दा पेटमा ग्यास भरिने गर्छ र ग्यास्ट्रिकको समस्या हुने गर्दछ । यसले गर्दा बच्चाको पेट धेरै दुख्ने गर्छ ।

एपेन्डिसाइटिससः
एपेन्डिक्स दाहिने कोखाभन्दा अलिकति तल कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ ्रकेही भाइरस,ब्याक्टेरिया आदि एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ, । एपे न्डिक्स फुटेमा उपचारमा झन् जटिलता थपिन्छ । समयमा उपचार र चिकित्सकको
सलाय लिए भने मानिसको मृत्यु बाट हामी बचाउन सकिन्छ !यदि बाल बालिकामा यस्तो एपेन्डिसाइटिस छ भने तपाई बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान मा डा.राजेश साह बाल सर्जन सग उपचार र ओपेरशन गरानु सकिछ ।

क्रोनिक समस्याः
लगातार पेट फुल्ने र अमिलो डकार आउने समस्या धेरै बच्चामा देखिन्छ । खानपान र त्यसमा पनि खासगरी जंकफुड र को ल्ड ड्रिङ्सका कारण बच्चामा यस्तो समस्या देखिन्छ । उपचारको लागि समयमा कुनै समस्या भएमा समयमा डाक्टरसँग सल्लाह लिनु पर्छ ।
लेखकः बिपी प्रतिष्ठानस्थित  चिकित्सf  तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष हुनुहुनछ ।)
बालबालिकाको डाक्टर साथी पुस्तकबाट साभार